News

राप्रपातिर खुलिन मनिषा कोइराला, वालिङको कार्यक्रमलाई सम्वोधन गर्ने

राप्रपातिर खुलिन मनिषा कोइराला, वालिङको कार्यक्रमलाई सम्वोधन गर्ने

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्वोधन गर्ने भएकी छिन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषासमेतले सम्बोधन गर्ने कार्यक्रम छ।

जानकारी अनुसार पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने जनाईएको छ। 

मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन्। तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ। 

दर्जनौं भरतिय फिल्ममा अभिनय गरेकी कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकनमा व्यस्त थिइन्। उनले सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी थिइन्।

मंसिर ४ गतेको निर्वाचन नजिकिएसँग कलाकारहरु विभिन्न उम्मेदवारको पक्षमा खुलिरहेका छन्। यसैक्रममा कोईराला पनि राप्रपाको पक्षमा खुलेकी हुन। 
 

विशेष