News

जेरीको आरोपः शंकरका दाजुभाईले एउटी केटी ल्याएर मेरै कोठामा रात विताए

जेरीको आरोपः शंकरका दाजुभाईले एउटी केटी ल्याएर मेरै कोठामा रात विताए

लोक गायिका बबिता बानियाँ ‘जेरी’ ले पुर्वपति शंकर क्षेत्रीका दाजु भाईले आफनै घरमा एउटै केटीसँग रात विताएको गम्भिर आरोप लगाएकी छिन् ।

शंकरसँग छुट्टिनुको कारणबारे ‘लालीगुराँस डटकम’ नामको युट्युव च्यानललाई दिएको अन्तरवर्तामा जेरीले यस्तो आरोप लगाएकी हुन। विवाह गरेको १४ दिनपछि नै आफुमाथि शारीरिक तथा मानसिक यातना सुरु भएको वताएकी उनले बच्चा जन्मेको वेला केही दिन माईत गएर वस्दा दाजु भाई नै मिलेर घरमा केटी ल्याएर राखेको आरोप लगाएकी छिन् ।

‘बच्चा जन्मेपछि माइतमा गएँ । माइत गएको तीन–चार दिनदेखि नै ‘तँ त्यहीँ बस, बरु ८–१० लाख दिन्छु, मलाई मेरो केटीले पर्खिरहेको छ’ भनेर दंग्याउँन थालेपछि आफु फर्केर घर गएको उनको भनाई छ। 

घर पुगेर शंकरको मोवाईल चेक गर्दा आफ छाँगावाट खसेजस्तै भएको अन्तरवार्तामा उनले वताएकी छिन् । ‘घर आएपछि बुढाको चालामाला बुझ्न उहाँ निदाएको वेलामा उहाँको मोबाइल चेक गरें । एउटा म्यासेज देखेर छाँगाबाट खसेंझैं भएँ । कति गलत व्यक्तिलाई साँचो प्रेम गरेको रहेछु भन्ने भयो’ जेरीले भनेकी छिन्–‘त्यसवेला उहाँका दाइ घरबाट आउनुभएको थियो । म माइत भएका वेला एउटा केटी हाम्रो कोठामा नै ल्याएर दाजुभाइले राखेका रहेछन् । त्यो केटीसँग दाजुभाइकै सम्बन्ध भएको बुझियो । धेरै कुराहरु थाहा पाएँ ।’

त्यो प्रमाण भेटेपछि आफुले शंकरसँग विवाद गरेको पनि उनले वताईन। ‘श्रीमती सुत्केरी भएर माइत गएका वेला केटी ल्याएर राख्न लाज लाग्दैन ? कसैसँग बस्ने भए बाहिर बसेको भए हुन्थ्यो । मेरै कोठामा किन राखिस् । दाइभाइलाई एउटै केटी चल्ने हो ? भनेर मैले झगडा गरें’ उनले भनेकी छिन्–‘त्यसपछि त ममाथि शारीरिक यातना सुरु भयो।’

त्यसबेला शंकरले कुटेर टाउकोमा र आँखामा चोट लागेको जेरीले बताएकी छिन्। ‘टाउकोमा चोट लाग्यो । ब्लड जमेको थियो । आँखामा पनि चोट थियो । ठाउँ–ठाउँबाट रगत बगिरहेको थियो’ उनले भनिन्–‘बाहिर नराम्रो नहोस् भनेर बाथरुममा लडेर घाइते भएको भनें ।’

शंकरले उल्टै आफनो चरित्रमाथि बारम्बार औंला उठाएको उनले वताएकी छिन्। शंकरले आफुले टिका लगाएको प्रदीप रोका, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि नाम जोडेर लाञ्छना लगाउने गरेको जेरीको गुनासो छ। 

यो पनि, 

बबिता बानियाँ ‘जेरी’

विशेष