News

पोखरामा मनिषाको भाषणाः लिङदेनले ‘नेताहरु गाउँ पुग्दा चोर आयो भन्छन’ भनेको मन पर्यो

पोखरामा मनिषाको भाषणाः लिङदेनले ‘नेताहरु गाउँ पुग्दा चोर आयो भन्छन’ भनेको मन पर्यो

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईरालाकी नातिनी नायिका मनिषा कोईरालाले शुक्रवार पोखरामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै राप्रपालाई मत मागेकी छिन् ।

कोइरालाले इमान्दार पार्टी राप्रपा भएकाले भोट दिन आग्रह गरिन। आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै केही मिनेटमात्र बोलेकी उनले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् ।

अन्य पार्टीका नेताहरुले वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेको उनको भनाई छ। राप्रपाले बीपी विचारलाई पछ्याएको कोईरालाले बताईन। ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ’ उनले भनिन्–‘जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन प¥यो ।’

विशेष