News

हलो मुनी पुगेका मिश्र भन्छन्ः माओवादी केन्द्र केही वर्षभित्र पेण्डुलम बनेर विलय हुन्छ

हलो मुनी पुगेका मिश्र भन्छन्ः माओवादी केन्द्र केही वर्षभित्र पेण्डुलम बनेर विलय हुन्छ

विवेकशील साझा पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रलाई पेण्डुलम पार्टी भएको बताएका छन् ।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताए ।

उनले नेकपा माओवादी केन्द्र अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए ।

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको बताए ।

उनले देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए । उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताए ।

उनले भने, ‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ । मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस । माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ । त्यस बाहेक अर्को क्षेत्रीय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन् । तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन् । एउटै कित्ताका पार्टी हुन् ।’

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका मिश्रले काँग्रेस नेता स्व।गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरे । उनले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गरे ।

रवीन्द्र मिश्र

विशेष