News

चुनाबको माहौलमा ओली विरुद्ध किन खनिए धरानका मेयर साम्पाङ ?

चुनाबको माहौलमा ओली विरुद्ध किन खनिए धरानका मेयर साम्पाङ ?

चुनावको मुखमा धरानका मेयर हर्क साम्पाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध खनिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, पुस्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताले सत्तोसराप गरिरहेका वेला सम्पाङ पनि ओलीको विरुद्धमा उभिएका हुन।

खासमा शुक्रवार चुनावी सभालाई सम्वोधन गर्न धरान पुगेका ओलीले हर्कलाई ब्यंग्य गर्दै उनले केही गर्न नसक्ने आसय ब्यक्त गरेपछि उनी ओली विरुद्ध खनिएका हुन। ओलीको भाषणा हर्कका लागि ‘सुतेको वाघलाई जिस्क्याउनु’ सरह भएको छ।

धरानको भाषणपछि उनी ओली विरुद्ध जाई लागेका छन् । ‘ग्याँसको पाइप घर घरमा पु¥याएर, पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ !’ साम्पाङले फेसवुकमा लेखेका छन्–‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’

ओलीले शुक्रवार धरानको सभालाई सम्वोधन गर्दै मेयर साम्पाङको मजाक उडाएका थिए । धराने जनताले आँखा चिम्लेर मेयरमा हर्क साम्पाङलाई जिताएकोको भन्दै कटाक्ष गरेका थिए । ‘यहाँको खानेपानीको कुरा, अब यहाँका मेयरलाई ‘खानेपानी ले’ भनेर, कतिवटा घैला बोकुन्, बिचरा! कसको घरमा खानेपानी पु–याउन्। यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ।’– ओलीले भनेका थिए।

नगरको वजेटले धरानको खानेपानीको समस्या समाधान नहुने भन्दै उनले एमालेको सरकार वनेपििछ कोशीको पानी ल्याएर धरानेलाई खुवाउने बताएका थिए । ‘अब नगरको बजेटले त्यो आयोजना हुन्छ त? नगरको बजेटले त्यो हुँदैन। म केही भन्दिनँ अब, छान्ने बेलामा आँखा देख्नुभएन। अहिले भनेर हुन्छ?’ उनले भनेका थिए–‘धरानलाई पानी खुवाउने राष्ट्रिय योजनाका लागि एमालेको सरकार चाहिन्छ। ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर धरानलाई पानी खुवाउँछ, एमालेले। तपाईंहरु ढुक्क हुनुस।’

विशेष