News

उम्मेदवारको गाडिले किचेर युवकको मृत्यु भएपछि माओवादी विरुद्ध नाजावाजी

उम्मेदवारको गाडिले किचेर युवकको मृत्यु भएपछि माओवादी विरुद्ध नाजावाजी

सर्लाहीमा चुनाव प्रचारमा रहेको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियोको ठक्करबाट सोनबरसाका २२ वर्षीय नेक महमदको मृत्यु भएको हो।

नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका नेक महमद र मलंगवा नगरपालिका– ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएकोमा उपचारकै क्रममा नेक महमदको मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । 
 
विशेष