News

के चुनाव हार्दैछन् उपेन्द्र यादव ?

के चुनाव हार्दैछन् उपेन्द्र यादव ?

मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा देशभरी सवैको नजर ‘हेभी वेट उम्मेदवार’ तर्फ छ। त्यसमध्ये सप्तरी क्षेत्र नं. २ मा उपेन्द्र यादव संकटमा देखिएका छन् ।

यस अघि मधेश आन्दोलनको सेन्टिमेन्ट र जातिय भोटले चुनाव जित्दै आएका यादव यस पटक आफु जत्तिकै चर्चामा रहेका दुई उम्मेदवारको चेपुवामा पनि छन्। अर्कोतर्फ मधेशको मुद्दा भजाएर चुनाव जित्ने बाटो पनि उनले आफैले बन्द गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेशको सत्रु करार गरेर भौतिक आक्रमणमा उत्रिदा कयौं मधेशी जनताले ज्यान गुमाए। मलेठको औद्योगिक क्षेत्रमा ओलीलाई घेर्न पुगेका कयौं मधेशी नागरिकले छातिमा प्रहरीको गोली थापे। त्यस वेलाको आन्दोलनको नेतृत्व गरेका उनै यादव अहिले २÷४ सिटका लागि ओलीलाई चोख्याएर गठबन्धन गर्न तयार भएपछि मतदाताको मन कुँडिएको छ। उनको यो कदमले उपेन्द्र यादव मधेश र मधेशीको लागि भन्दा पनि स्वार्थका लागि काम गर्ने नेता भएको सन्देश मतदातामा पुगेको स्थानीयहरु वताउँछन्।

यसैगरी, अहिले पनि मधेशमा कयौं नागरिक नागरिक्ता विहिन छन्। तर, उनले गठवन्धन गरेको दल नेकपा एमाले नागरिक्ता विधेयकको विरोधमा छ। सत्ता गठबन्धनमा छँदा उनी स्वयमले पनि एमालेको यस कदमको विरोध गरेका थिए। उनले खास गरी राष्ट्रपतिलाई केन्द्रित गरेर फेसवुकमै लेखे–‘संसदको दुवै सदनबाट दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलङ्घन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’

तर, सिट संख्यामा अर्घेलो निकालेर उपेन्द्रले गठवन्धन छोडे र त्यही एमालेसँग तालमेल गर्न पुगे। उपेन्द्र स्वयमले को यो कदमले नागरिक्ता विहिन नेपाली नागरिकलाई नागरिक्ता दिलाउने पक्षमा उपेन्द्र र उनको पार्टी छैन भन्ने सन्देश गएको जानकारहरु वताउँछन्। 

यो पनि,

 

उपेन्द्र यादवसँग अव चुनाव जित्न ‘राष्ट्रिय व्यक्तित्व’ भन्नु वाहेक अर्को कुनै मुद्दा नै वाँकी नरहेको मधेशको राजनीतिका विश्लेषकहरु वताउँछन् । ‘अहिले उपेन्द्रलाई जसरी राष्ट्रिय नेताको रुपमा हेरिन्छ। विगतमा यस्तै चर्चा गजेन्द्रनारायण सिंहको पनि हुन्थ्यो’ एक विश्लेषक भन्छन्–‘तर त्यस्तो अवस्थामा पनि गजेन्द्रनारायण सिंह चुनाव हारे। त्यसैले अहिलेको अवस्था उपेन्द्रका लागि पनि सकारात्मक छैन।’

यता, सप्तरीको क्षेत्र नं. २ मा कुनै पनि उम्मेदवारले दोहो¥याएर चुनाव जितेको रेकर्ड छैन। एउटा उम्मेदवारले चित्तवुझदो काम नगरेपछि जनप्रतिनिधि फेरी हाल्ने यस क्षेत्रको परम्परा छ। यति मात्र होईन, राम्रै काम गर्ने उम्मेदवारलाई समेत पन्साएर नयाँ स्वाद लिन यस क्षेत्रका मतदाता लालायित रहन्छन। यसको ज्वलन्त उदाहरण ०७४ को निर्वाचन हो। वर्षौदेखिको समस्याका रुपमा रहेको खाँडो नदि नियन्त्रण देखि सिंचाईको क्षेत्रमा आमुल परिवर्तन गरेका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई समेत यो क्षेत्रले चुनाव हरायो। उनलाई हराएर मतदाताले उपेन्द्रलाई जिताए। त्यो तुलनामा उपेन्द्र यादवको योगदान फिका छ। उमेशले जसरी एकल प्रयासमा सप्तरीका लागि योगदान दिए, त्यसको तुलनामा उपेन्द्रको योगदान कमै रहेको मतदाताहरु नै वताउँछन् ।

उनीहरुका अनुसार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान उपेन्द्रको योगदानमा भन्दा पनि मधेशलाई खुसी पार्ने ओलीको योजनामा आएको हो। त्यस वाहेर उपेन्द्रले संसदिय विकास कोषको पैसा वाहेक अर्को ठुलो योगदान दिन सकेका छैनन। यो पाटोबाट हेर्दा पनि उपेन्द्रको जित शंकाकै घेरामा रहेको उनीहरुको भनाई छ।

अर्कोतर्फ, सप्तरी २ सधैं सत्ताको विपक्षमा छ। विगत हेर्ने हो भने यहाँ कांग्रेसले जित्दा एमालेको सरकार, माओवादीले जित्दा कांग्रेस तथा एमालेको सरकार वन्ने गरेको छ। मधेशमा पाँच वर्ष जसपाले सरकार चलायो। सरकार, मन्त्री र सांसदसँग मतदाताका असंख्य गुनासा छन्। त्यसको पनि हिसाब किताब जनताले चुनावमै गर्ने छन् ।

०७४ सालको चुनावमा उपेन्द्र यादवको पक्षमा जसरी नागरिक समाज र बुद्धिजीवी खुलेका थिए, अहिले त्यो अवस्था पनि देखिएको छैन। वरु उनका प्रतिस्पिर्धी जनमत पार्टीका अध्यक्ष सिके राउत र गठवन्धनका उम्मेदवार जयप्रकाश ठाकुरको पक्षमा माहोल वन्दै गरेको नागरिक समाजका अगुवाहरु बताउँछन्।

उपेन्द्र यादवलाई पहिला जस्तो सजिलो नभएको उनीहरुको भनाई छ। 

विशेष