News

सन्दीप प्रकरणमा किशोरीको बयानः पहिलो पटक निन्द्रामै बलात्कार गरे

सन्दीप प्रकरणमा किशोरीको बयानः पहिलो पटक निन्द्रामै बलात्कार गरे

बालिका बलात्कारको आरोप लागेका सन्दिप लामिछानेलाई कारागार भित्रै राखेर मुद्दाको सुनुवाई गर्ने की कारागार वाहिर राख्ने भन्ने विषयमा वुधवार थुनछेक वहस हुने भएको छ। दुवै पक्षको वयान भने आज सकिएको छ।

किशोरीले भने आफु सुतेको वेलामा एक पटक र ब्युँझिएपछि अर्को पटक गरी दुई पटक बलात्कार गरेको बयान दिएकी छिन् । 

वयानमा उनले भनेकी छिन्– सन्दीप र म बीचमा सामान्य कुराकानीहुँदै जाँदा उनले मलाई भेट्नका लागि प्रस्ताव गरका थिए। मैले आफूले भ्याउँदिन भनेपछि उनले निकै जोडबल गरी आफू अर्कोदिन भदौ ६ गतेको बेलुका ८ बजे केन्याका लागि फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किइकन क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि  क्यारेबियन आइल्याण्डतर्फ जाने र त्यसको दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरिरहेका थिए। 

कुराकानीका क्रममा उनले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकोमा मैले उनलाई हेरौँ के हुन्छ भनेकी थिएँ।

बिहान करिब ११ बजेतिर म कलेज गएको र कलेजमै रहेको अवस्थामा करिब २ः१५ बजे सन्दीपले मलाई फोन गरेका रहेछन्। म कक्षामा पढिरहेकीले सो फोन उठाउन पाइँन । ३ः५७ बजे मैले उक्त नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाइ ‘को बोलेको हो?’ भनी सोधेकाले मैले फोन राखिदिए। 

सन्दीप सोही नम्बरबाट ६ः१८ बजे बजे पुनः फोन गरी अहिले आफू बैठकका लागि सातदोबाटो गइहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टेलमा गएँ। ६ः२५ बजे सन्दीपले नै फोन गरेर आफू कालिमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवनअगाडि आउँदै गर भनी बोलाए। 

६ः५८ मा फोन गर्दै आफू लोकशनमै आएको सन्दीपले बताए।  सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको गाडीभित्र उनी रहेकोमा मलाई आउ बस भनेपछि म उक्त गाडीको अगाडिको सिटमा बसेपश्चात उनले नाइस टु मिट यू भनेर साइडबाट अंगालो हाले। 

त्यसपछि केही नभनी गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर सोध्दा लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्रीबाटोबाट तीनकुनेहुँदै कोटेश्वरतर्फ लगे। मैले हामी कता जान लागेको हो र? भनेर सोध्दा मेरो मञ्जुरीविना भित्रीबाटोहुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगे। त्यसपछि उनले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि  करिब ८ः२० बजे पु¥याए।

उनले मलाई ड्रिंक गर्ने प्रस्ताव गरेको र मैले कहिल्यै नखाएकीले इन्कार गरेँ । उनले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भीआईपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गरेको र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्कोदिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताए। त्यसपछि अन्दाजी १०ः४५ बजे सन्दीपले बिल तिर्न जाने क्रममा उनको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ। 

सोपश्चात मलाई नगरकोटबाट सल्लाघारीको बाटोहुँदै काठमाडौँ फर्कदा रातको समयमा होस्टेलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले उनले होटल काठमाडौं इनमा कोठा बुक गर्ने कुरा गर्दा मैले  दुईवटा कोठा बुक गर्न भनेकोमा मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनू’  भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरे र मलाई उनले होटलमा एउटामात्र रुम छ भने।

होटलनजिक पुग्दा मलाई मास्क छ कि छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि मलाई जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर लगाउन दिई होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफू गाडी पार्क गर्न गए। 

होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७  नम्बर कोठामा जानु भनेकाले म सरासर कोठा नम्बर ४०७ मा गएर हातमुख धोइरहेको अवस्थामा सन्दीप कोठाभित्र आइ एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी २३ः५५ बजे कोठा नम्बर ३०५ मा स¥यौं। म निकै थाकेकीले कुर्सीमा नै अर्धनिन्द्रामा परेको र उनले मलाई बेडमा गएर आराम गर भने। 

म बेडमा गइ आराम गर्दै गर्दा उनले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालिकन पल्टेकी थिएँ। एकैछिनमा निदाएँछु।  त्यसको अन्दाजी २० देखि २५ मिनेटपछि अन्दाजी १२ः२५ बजतिर म ब्युझिँदा सन्दीप मसँग सुत्न आइ मैले लगाएको पाइन्ट खोली मेरो इच्छाविपरीत जबरजस्ती करणी गरे। 

त्यसको करिब एक घण्टापछि पुनः मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने। त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिइ पुनः दोस्रोपटक जबरजस्ती करणी गरे। बिहानपख ७ बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकाले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाउँ भन्दा मैले नमानेपछि उनले मलाई गाडीमा राखी मेरो होस्टलनजिकै लगेर छोडी गाडी लिइ फरार भएका हुन्।
 

विशेष