News

बबिता बानियाँ जेरीको खुलासाः पैसाको कारण सम्वन्ध विच्छेद

बबिता बानियाँ जेरीको खुलासाः पैसाको कारण सम्वन्ध विच्छेद

लोक गायिका बबिता बानियाँ ‘जेरी’ले शंकर क्षेत्रीसँग सम्वन्ध विच्छेद गरेपछि पैसाका कारण मतभेद भएको खुलासा गरेकी छिन् । सम्वन्ध विच्छेदका कागजमा हस्ताक्षर गरेपछि मिडियासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन।

आफुले कमाएको पैसा शंकर र उनका आमाको नाममा राख्नु पर्ने बाध्यता रहेको र पैसाकै कारण शंकरसँगको सम्वन्ध आज यो अवस्थामा पुगेको उनले वताएकी छिन् । ‘उहाँले मलाईभन्दा पनि मैले कमाउने पैसालाई प्रेम गर्नु भएको रहेछ। मैले कमाएको पैसा उहाँको आमाछोराको नाममा राख्नु पर्ने बाध्यता थियो’ उनले भनिन्–‘पैसाकै कारण आज हामी यो स्थितिमा पुग्यौं।’

शंकरले आफुलाई मानसिक यातना दिएको पनि जेरीले खुलासा गरेकी छिन् । ‘तँसँग विवाह गरेर मेरो बदनाम भयो। मलाई कस्ता–कस्ता केटीले कुरेर बसेका थिए। न उमेर मिल्ने, न रुपरंग मिल्ने यस्तोसँग फसेँ भन्दै मानसिक यातना दिइरहनु हुन्थ्यो,’ उनले भनेकी छन्।

जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए। उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरे। उनीहरुले सहमतिमै सम्वन्ध विच्छेदको मुद्दा अगाडि वढाएका थिए ।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति पनि भएको छ। उनीहरुकी एक छोरी छन् ।

यो पनि, 

विशेष