News

बालेनसँग हिड्ने मुनिकारले सार्वजनिक जग्गा हडपेकाे आरोप, देखाउन सकेनन् घर दर्ता भएको प्रमाण

बालेनसँग हिड्ने मुनिकारले सार्वजनिक जग्गा हडपेकाे आरोप, देखाउन सकेनन् घर दर्ता भएको प्रमाण

काटमाण्डौँ महानगरपालिका वडा नं १९ दमाइ टोलका स्थानीय बासिन्दा हुन्, रमेश मुनिकार । उनी प्रायः सार्वजनिक कार्यक्रममा मेयर बालेन्द्र साहसँगै देखिन्छन् ।

बालेन्द्र साहसँग उनको सम्बन्ध कस्तो छ, त्यो त खुलेको छैन । तर, मुनिकार भने आफ्नो घर र व्यवसाय जोगाउन उनको पछि लागेको देखिएको छ । जानकारी अनुसार मुनिकारको घर सार्वजनिक जग्गामा छ । जुनसुकै वेला महानगरले डोजर चलाउन सक्ने देखिएपछि उनी बालेन्द्र सँगै रहेर आफ्नो घर जोगाउन योजनामा रहेको बताइन्छ ।

यति मात्र होइन, मुनिकारले नजिकै रहेको खोलाको जग्गा हडपेर डान्स सेन्टर पनि सञ्चालन गरेका छन् । 

मेयर साहले महानगरभित्रको अतिक्रमण हटाउने अभियानका क्रममा मुनिकारले घर र डान्स सेन्टरका लागि हडपेको सार्वजनिक जग्गा पनि खाली गराउन सक्ने देखिएकाले उनी पछिपछि लागेको जानकारहरू बताउँछन् । 

सार्वजनिक जग्गा खाली गर्ने घोषणा गरेको महानगरले अहिलेसम्म दमाई टोलको अतिक्रमणमा वेवास्ता गर्नुले पनि मुनिकार र बालेन्द्रको सम्बन्धका विषयमा आशंका गर्न सकिने उनीहरु बताउँछन् । 

वडाध्यक्ष राजेश कुमार श्रेष्ठले पनि मुनिकारले सार्वजनिक जग्गामा घर बनाएको बारेमा जानकारी नभएको बताएका छन् । तर, खोला छेउमा भने सार्वजनिक जग्गामा घर बनाएर ९डान्स सेन्टर० लगायत केही संघ संस्था सञ्चालन गरेको बताएका छन् । 

महानगरले मुनिकारले अतिक्रमण गरेको जग्गा किन खाली नगराएको होरु भन्ने प्रश्नमा वडाध्यक्ष श्रेष्ठले यसबारेमा बुझेर प्रतिक्रिया दिने बताए ।

समाचार प्रकाशन भएपछि नेपाल आजको सम्पर्कमा आएका मुनिकारले आफ्नो घर सार्वजनिक जग्गामा नभएको दाबी गरेका छन् । घर नजिकैको सार्वजनिक जग्गामा भने केही गैर सरकारी संघ सस्थाहरूले सामुदायिक प्रयोजनका लागि घर बनाएको बताएका छन् । ‘मैले बसोबास गरिरहेको घर सार्वजनिक जग्गामा छैन । घर नजिकैको सार्वजनिक जग्गामा पहिलेदेखि नै स्थानीय संघ संस्था मिलेर तत्कालीन वडा कार्यालयको अनुमतिमा घर बनाएका छौँ । उक्त घर अहिले पनि सामुदायिक पर्योजनका लागि प्रयोग भइरहेका छ,’ मुनिकारले भने । 

यद्यपी मुनिकारले नीजि भर दर्ता भएको कुनै प्रमाण भने दिन सकेका छैनन् । मुनिकार नेपाली काँग्रेससँगका नेता हुन् । वडाध्यक्ष राजेश श्रेष्ठ पनि नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । वडाध्यक्ष श्रेष्ठले मुनिकारको घर सार्वजजिक जग्गामा नभएको बताएका छन् । तर, मुनिकारले जग्गा दर्ता भएको प्रमाण दिन नसक्दा वडाध्यक्षकै भूमिकामाथि प्रश्न उठेको छ । 

बालेन्द्रसँगै देखिने मुनिकारले जग्गा हडपेर बनाएको संरचनामा किन चलेन डोजर ?

रमेश मुनिकार बालेन्द्र साह

विशेष