News

रामदेवका ५ औषधीलाई भारतमै प्रतिवन्ध

रामदेवका ५ औषधीलाई भारतमै प्रतिवन्ध

बाबा रामदेवको कम्पनीका पाँच ओटा औषधीको उत्पादतमा भारतमै प्रतिवन्ध लागेको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपसहित उत्तराखण्डमा रामदेवको कम्पनीका पाँच औषधि उत्पादनमा प्रतिबन्ध लगाईएको हो।

रामदेवको कम्पनी पतञ्जलि मार्फत वजार आएका दिव्य मधुग्रिट, दिव्यआईग्रिट गोल्ड, दिव्य थाइरोग्रिट, दिव्य बीपीग्रिट र दिव्य लिपिडोम औषधिमा प्रतिवन्ध लागेको हो। यी औषधिको प्रयोग मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणका लागि प्रयोग गरिन्छ।

अंग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एण्ड युनानी सर्भिसेजले पतञ्जलिका लागि दिव्य फार्मेसीले उत्पाद गरिरहेका पाँच औषधिमा रोक लगाएको हो।

कम्पनीलाई सञ्चारमाध्यममा यी पाँच उत्पादनको विज्ञापन पनि फिर्ता लिन भनिएको छ। यी फार्मेसीमाथि ‘ड्रग्स एन्ड म्याजिक रेमेडिज एक्ट’ को पटक पटक उलंघन गरेको आरोप पनि छ। उत्तराखण्ड आयुर्वेदिक र युनानी सर्भिसेजका लाइसेन्स अफिसर डक्टर जी.सी.एस जंगपंगीको तर्फबाट जारी पत्रमा फार्मेसीले तत्काल ति औषधि उत्पादन रोक्न भनिएको छ। 

डाक्टर जंगपंगीलाई उद्धृत गर्दै भनिएको छ–‘हामीले एक टीम बनाएका छौँ। जसले यी औषधिहरुको फर्मुलेशन सिटको समीक्षा गर्छन्। दिव्य फार्मेसीलाई एक साताभित्र रिभाइज्ड लेभल क्लेम पनि जम्मा गर्न पनि भनिएको छ।’

समाचार अनुसार रामदेवका यी ५ औषधिको फर्मुलेशनलाई सम्बन्धित विभागबाट अनुमति नमिलेसम्म उत्पादन बन्द राख्न भनिएको छ। अधिकारीले भविष्यमा पनि दिव्य फार्मेसीको विज्ञापनलाई आयुर्वेद एन्ड युनानी लाइसेन्सिङ अथोरिटीबाट अनुमति लिनुपर्नेछ। 

विशेष