News

नवलपुर जिल्ला अदालतको फैसला उल्ट्याउन माग गर्दै पल शाहले हाले पुनरावेदन

नवलपुर जिल्ला अदालतको फैसला उल्ट्याउन माग गर्दै पल शाहले हाले पुनरावेदन

नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । नवलपुर जिल्ला अदालतले उनलाई बालिकामाथि यौन दुरुपयोगको मुद्दामा कसुरदार ठह¥याएको छ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । 

नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

हाल तनहुँ कारागारमा रहेका शाहको सोही प्रकृतिको अर्को मुद्दा भने तनहुँ जिल्ला अदालतमा विचाराधीन छ ।

विशेष