News

गृहमन्त्री खाँणको गोप्य प्रतिवेदनः १३१ क्षेत्रमा गठवन्धनको जित पक्का!

गृहमन्त्री खाँणको गोप्य प्रतिवेदनः १३१ क्षेत्रमा गठवन्धनको जित पक्का!

गृहमन्त्री बालकृष्ण खाँणले गोप्य अध्ययन भन्दै आगामी निर्वाचनमा सत्ता गठवन्धनले १३१ क्षेत्रमा जित्ने दावीसहित प्रतिवेदनको खुलासा गरेका छन् ।

नेपाल दलित संघले शनिबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खाँणले गोप्य तर भरपर्दो अध्ययनले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १ सय ३१ सिट जित्ने सुनिश्चितता देखाएको वताए ।

प्रारम्भीक प्रक्षेपणका लागि गोप्य अध्ययन गर्दा अन्य २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले र यसअघिको ठूलो दल एमाले २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि रहेको बताए । ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ’ खाँडले भने–‘थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखा परेको छ।’
 

विशेष