डोटीमा ओलीको भाषणः अन्तर्राष्ट्रिय वेईजत गर्नेको जमानत जफत गराउनु पर्छ
![डोटीमा ओलीको भाषणः अन्तर्राष्ट्रिय वेईजत गर्नेको जमानत जफत गराउनु पर्छ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/09/kp-oli.jpg)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेम आलेले अन्तराष्ट्रि वेइजत गरेको भन्दै उनको जमानत जफत गरेर पठाउन मतदातालाई आग्रह गरेका छन् । डोटीको दिपायलमा आज आयोजित चुनावी सभालाई सम्बोधन ओलीले यस्तो बताएका हुन।
नेकपा एकीकृत समाजवादीका नेता आलेप्रति लक्षित गर्दै ओलीले उनको भाषणले अन्तर्राष्ट्रिय बेइजत भएको र उनलाई मन्त्रीबाट हटाउन ‘लुते’ नेताहरुले नसकेको आरोप लगाए ।
ओलीले भने– ‘मैले आफैंले सही गरेर उम्मेदवारी दिएको व्यक्ति, डोटीको मात्र बेइज्जत होइन भाषा सुन्नुस्, डोटीको मात्र होइन सिंगै सभ्यताको, भाषा, संस्कृतिको बेइज्जत भयो नै नेपाली जातीको बेइजत अन्तर्राष्ट्रिय बेइज्जत भयो। विश्वभरीबाट के हो यस्तो मन्त्रीको भाषण, मन्त्री राजीनामा गर्दैन, उसलाई हटाउन लुते नेताहरु सक्दैनन्।’
उनले नेकपा एकिकृत समाजवादी पार्टीलाई टपरी गाँसेको र विभिन्न खपटा जोडेर बनेको पार्टीको संज्ञा दिए। ‘त्यस्तो मान्छे फेरि एउटा कुनै खुद्रा दुना टपरी गाँसेको, विभिन्न खपटा जोडेर बनेको पार्टीबाट उम्मेदवार बनेर आएको छ भन्ने मलाई थाहा छ,’ ओलीले भने, ‘म डोटेली जनतालाई आग्रह गर्न चाहन्छु, त्यस्ता व्यक्तिहरु, देशको माया नगर्ने व्यक्तिहरु, आन्दोलनको मतलब नभएको व्यक्तिलाई मत दिनुहुँदैन्। जमानत जफत गरिदिनुपर्छ।’