News

ओलीले कचकच गरेपछि स्वर्णिम वाग्लेको जवाफः अवको प्रधानमन्त्री गगन थापा !

ओलीले कचकच गरेपछि स्वर्णिम वाग्लेको जवाफः अवको प्रधानमन्त्री गगन थापा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुलाई बेला–बेलामा सोध्छन्– निर्वाचनपछि तपाईहरुको प्रधानमन्त्री को ? प्रधानमन्त्री को वन्ने विषयमा गठबन्धनमा सहमति नभएको र सरकार वनाउने अवस्था आए नेताहरुमा हानाथाप हुने भन्दै ओली उनीहरुलाई चिढ्याउँछन्।

ओलीले शनिवार कैलालीको अत्तरियामा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा पनि गठबन्धनभित्र प्रधानमन्त्री बनाउने कुरामा सहमति नै छैन भन्दै नेताहरुलाई उडाए । ‘गठबन्धनको प्रधानमन्त्री को हो? आफूले आफूलाई देखाउँछन्, उनीहरुबीच प्रधानमन्त्री बनाउने कुरामा सहमति छैन,’ उनले भने, ‘अनि देश कसरी बनाउनुहुन्छ?’

ओलीले यसरी सार्वजनिक ठाउँमा चुनौती दिदा पनि गठवन्धनका शिर्ष नेताहरु भने चुँईक्क बोलेका छैनन्। तर, अर्थविद स्वर्णिम वाग्लेले भने मंसिर ४ पछिको प्रधानमन्त्री भन्दै गगन थापालाई भोट माग्न थालेका छन् ।

अर्थविद भएकोमा घमण्ड गरेको र शिर्ष नेतालाई सम्मान नगरेका कारण कांग्रेस सभापति शेरवहादुर देउवाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि टिकट नदिएको आरोप लागिरहेका वेला उनी भने अव पाका नेताहरुलाई ससम्मान विदा गरेर युवा पुस्ताबाट देश चलाउनुपर्छ भन्दै गगनलाई भोट माग्न थालेका हुन।

शनिबार काठमाडौं क्षेत्र–४ मा आयोजित थापाको चुनावी कार्यक्रममा सहभागी वाग्लेले मुलुकको अवको प्रधानमन्त्री भन्दै गगन थापालाई देखाए । थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूजस्तै विज्ञको टिम रहेको बताउँदै उनले थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने दावी समेत गरे।

‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ’ वाग्लेले भने–‘यसपालि उहाँहरू (पुराना नेता)ले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति धन्यवाद दिने र अबको यात्रा नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खाले राजनीतिक प्रक्रियामा गएका छौं।’

मुलुकको प्रधानमन्त्री बन्न लायक उम्मेदवार थापालाई काठमाडौं क्षेत्र–४ का जनताले जिताएर पठाइदिए निकट भविष्यमै प्रधानमन्त्री बनेको देख्न सकिने उनको दावी थियो। 

वाग्लेले आफुहरु नविक्ने र कसैलाई किन्न नदिने दावी पनि गरे। ‘हामी कहीँ बिक्दैनौं। कसैले किन्न सक्दैन’ उनले भने–‘आफैं सक्षम भएकाले कसैका गोटी बन्दैनौं।’
 

विशेष