News

अघि–अघि प्रदीप पौडेल पछि–पछि ईश्वर

अघि–अघि प्रदीप पौडेल पछि–पछि ईश्वर

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार प्रदीप पौडेलले केही दिन अघि हटलाइन नम्बर सार्वजनिक गरे। नेपाली काँग्रेसका युवा नेता पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाव सङ्कलनका लागि भन्दै उक्त नम्वर सार्वजनिक गरेका हुन।

पौडेलले हटलाईन नम्बर सार्वजनिक गर्न सामाजिक संजालमा राखेको तस्विरमा स्टप व्रेन डेन, फाईट करप्सन, सस्टनेवल डेभलपमेन्ट लगायतका नारा समेत सार्वजनिक गरेका छन् ।

पौडेलको यो प्रयासपछि उनको सिको गर्दै नकेपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा उनका प्रतिस्पर्धी उम्मेदवार इश्वर पोखरेलले पनि हटलाईन नम्वर सार्वजनिक गरेका छन् । उनले एमालेको सरकार वने वृद्ध भद्धा ५ हजार वनाउने घोषणा गरेका छन् भने सामाजिक सञ्चालमा विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरिरहेका छन् ।

यस्तो छ पौडेल र पोखरेलको प्रतिस्पर्धा
प्रदीप पौडेल:

–    बीसीडी (स्टप ब्रेन ड्रेन, फाइट करप्सन, सस्टेनेवल डेभलपमेन्ट)
–    कल सेन्टर
–    सबल स्थानीय सरकार
–    सबै सामुदायिक विद्यालयको पढाई बुढानिलण्ठ स्कुल सरह बनाउने 

ईश्वर पोखरेल 
–    स्वदेशमै रोजगारी र लगानीको वातावरण
–    आफ्नै देशमा रोजगार, युवालाई स्वरोजगार 
–    सस्टेनेवल इम्प्लोयमेन्ट
–    भ्रष्टाचार नियन्त्रण
–    आर्थिक विकास
–    शिवपुरी मावि र तिलिङ्गाटार माविमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई बिस्तार गर्ने
–    सल्लाह सुझावका लागि कल सेन्टर

के भन्छन् मतदाता ?
पौडेलले हटलाईन नम्वर सार्वजनिक गरेपछि पोखरेलले पनि सिको गरेको विषयलाई मतदाताले सकारात्मक रुपमा लिएका छैनन्। वरु, चुनाव जितेर गएपछि ५ वर्षसम्म त्यो सेवा किन नदिएको भन्दै उल्टै प्रश्न गर्न थालेका छन् ।

अरुले गरेको देख्न नसकेर प्रतिस्पर्धाका लागि मात्रै पोखरेलले हटलाईन सुरु गरेको भन्दै आलोचना भईरहेको छ।

०७४ सालको निर्वाचनमा काठमाण्डौं ५ बाट पोखरल १० हजार मतान्तरले निर्वाचित भएका थिए । पोखरेलले २३ हजार ०२९ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कांग्रेस नेता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । विवेकशील साझाका उज्जवल थापाले ६ हजार ८१३ मत पाएका थिए । 
 

विशेष