News

चुनावको मुखमा उपेन्द्र विरुद्ध गम्भिर आरोप, राष्ट्रिय एकता अभियानले गर्यो प्रदर्शन

चुनावको मुखमा उपेन्द्र विरुद्ध गम्भिर आरोप, राष्ट्रिय एकता अभियानले गर्यो प्रदर्शन

त्रिपक्षिय प्रतिस्पर्धाका कारण चुनावको परिणाम आफनो पक्षमा आउने÷नआउने द्विविधामा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध शनिवार उनकै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ। जिहाद विरुद्धको प्रदर्शन भनिए पनि उक्त प्रदर्शन उपेन्द्रलाई लक्षित गरेरै आयोजना गरिएको हो।

राष्ट्रिय एकता अभियानले राजविराजमा आयोजना गरेको उक्त प्रदर्शनमा अध्यक्ष यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा छिमेकी राष्ट्र चिनको विरोध गरिएको छ। अभियानका अध्यक्ष विनय यादवले चिन र पाकिस्ताको इसारामा जसपाका अध्यक्ष यादव र मुख्यमन्त्री राउतले मधेशमा जिहादी गतिविधिलाई बढावा दिएको आरोप लगाए ।

‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको विषय हो। तर, यो हाम्रो जस्तो देशका लागि एकदमै घातक छ। अव यसका विषयमा सवैले वुझ्नु पर्ने वेला आएको छ’ अध्यक्ष यादवले भने–‘हाम्रो को धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षा विरुद्ध भित्रभिभै ठुलो चुनौती खडा गरिएको छ। यो समस्या भुसको आगो जस्तै सल्किरहेको छ।’

जिहादका नाममा अदृश्य गतिविधि वढेको वताएका उनले उपेन्द्र यादव र लालबाबु राउत त्यसको दलाल भएको आरोप पनि लगाए । यादव र राउतले राजनीतिक संरक्षण गरेर नेपालमा जिहादी गतिविधि बढाएको उनको आरोप छ।

‘उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाकै संरक्षणमा राष्ट्र र समाजका क्यान्सर सरह जिहादका गतिविधि अघि वढिरहेका छन्’ उनले भने–‘जिहादका नाममा नेपाली चेलीहरुको अपहरण, गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण लगायतका कृयाकलाप भईरहेका छन् ।’

एकता अभियानका अनुसार जसपा र उपेन्द्र यादवले यसरी गर्दैछन् जिहादको संरक्षण


– जसपाको भागमा पर्ने सांसद, मन्त्री, मुख्यमन्त्री जस्ता राजनीतिक पदहरु उपेन्द्र यादवले मुसलमानलाई दिने गरेका छन्। जसपा सलग्न हरेक सरकारमा जसपाको तर्फ एक जना मन्त्री मुस्लिम बनाउने नै गरिन्छ । जसपाको भागमा दुईवटा मन्त्रालय पर्दा मात्र पनि एउटा मन्त्रालय मुस्लिमलाई दिइएको छ। त्यस्तै, मधेश प्रदेशको मुख्यमन्त्री ५ वर्ष नै महम्मद लालबाबु राउतलाई बनाईयो ।

– उपेन्द्र यादवले नेपालको संविधानमा मुस्लिम आरक्षण सुनिश्चित गर्न ठुलो भूमिका निर्वाह गरे। सो आरक्षणको व्यवस्थाले राज्यको हरेक संरचनालाई जिहादको लागि प्रयोग गर्न मुस्लिम पहुँच बढाएको छ।

– जसपा नेतृत्वको मधेश प्रदेश सरकारले इस्लामिक चाडपर्वको नाममा सार्वजनिक बिदाहरुको सूची थपेको छ। इस्लामिक देशहरूले समेत बिदा नदिने महम्मद जयन्तीजस्ता दिनहरु मधेशमा विदा दिन थालिएको छ।

– उपेन्द्र यादवले जसपा नेतृत्वको मधेश प्रदेश सरकारमार्फत ईस्लामिक शिक्षा प्रणालीलाई स्थापित र विस्तार गर्न मदरसा शिक्षा प्रर्वद्धनको लागि विशेष ऐन ल्याउने प्रयत्न गरेको थियो। मधेशभरी उक्त कदमको व्यापक विरोध भएपछि सो कानून निर्माण प्रक्रिया स्थगित गरिएको थियो ।

– उपेन्द्र यादवले मधेश प्रदेश सरकारमार्फत असंख्य मदरसा र मस्जिदलाई बजेट उपलब्ध गराएका छन् ।
 

विशेष