News

रविका उम्मेदवार पुकार वमलाई आयोगले तोक्यो जरिवाना, माधव नेपाल छानविनमा

रविका उम्मेदवार पुकार वमलाई आयोगले तोक्यो जरिवाना, माधव नेपाल छानविनमा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेका पुकार बमलाई निर्वाचन आयोगले जरिवाना गरेका छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनलाई जरिवानासहित कारवाही गरेको हो। पुकार बमले निर्वाचन प्रचार प्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको आयोगले जनाएको छ। त्यस वापत उनलाई ५ हजार जरिवाना तोकिएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पनि ५ हजार जरिवाना गरिएको छ। रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेका थिए। 

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको आयोगले जनाएको छ।

उक्त घटनाबारे छानबिन गर्न आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान गर्नको लागि चिठी लेखी पठाउने बताएको छ।

विशेष