News

चितवनमा रविन्द्र मिश्र र रविको तुलनाः यस्ता छन् रविलाई साथ नदिएका फ्याक्टर

चितवनमा रविन्द्र मिश्र र रविको तुलनाः यस्ता छन् रविलाई साथ नदिएका फ्याक्टर

कार्तिक १७ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफुहरु संसदमा जान तम्तयार भएर बसेको बताए। प्रस्तुतीमा उनले चुनाव जितिसकेको भान थियो। 

जनताले पिउने पानी, बत्ती, सडक, उपचार जस्ता सामान्य कुरा मात्रै माग गरेको र ति बाचा आफुहरुले पुरा गर्न सक्ने वताएका उनी चुनाव जित्नेमा ढुक्क थिए। तर, जहाँ उनको प्रतिस्पर्धा छ, त्यहाँको अवस्था भने भिन्न छ। चुनाव जित्ने दावी गर्दै आएको उनको आफनै निर्वाचन क्षेत्रमा पनि प्रतिस्पर्धा तिव्र छ। त्रिपक्षिय प्रतिस्पर्धा रहेको चितवन २ मा प्रतिस्पर्धी पनि उनले आँके जस्तो कमजोर छैनन्।

चितवन २ को अहिलेको अवस्था हेर्दा ०७४ सालको काठमाण्डौं १ को जस्तै देखिन्छ। ०७४ सालको निर्वाचनमा तत्कालिन विवेकशिल साझा पार्टीका अध्यक्ष समेत रहेका रविन्द्र मिश्र काठमाण्डौं १ मा उम्मेदवार थिए। 

०७३ फागुनमा बीबीसीको जागिर (पत्रकारिता) छोडेर राजनीतिमा होमिएका मिश्र फरक पृष्ठभूमिबाट आएका कारण आकर्षणको केन्द्रमा थिए। नयाँ उर्जा भएका युवाहरुको नयाँ पार्टीका कारण पनि रविन्द्रप्रतिको झुकाव धेरै थियो। मिश्रको साथमा उर्जावान टिम थियो। फरक पृष्ठभूमिबाट आएका डा. सूर्यराज आचार्य, डा. सरोज धिताल, डा. दिनेश प्रसाई, मुमाराम खनाल, रेशु अर्याल, किशोर थापा, केशव दाहाल लगायतको साथ थियो। उज्ज्वल थापा, मिलन पाण्डे जस्ता सहयोद्धा सँगै थिए। 

भोट माग्न जाँदाको अवस्था अझ वयान गरेर साध्ये नै छैन। रविन्द्र मिश्र जहाँ गएपछि पुस्पगुच्छा र मालाको वर्षात थियो। तामा गाग्रीमा पानी राखेर र स्वागत द्वार बनाएर उनको स्वागत गरिन्थ्यो। मतदाताहरु मिश्रसँग विलौना गाउँथे। वुढावढीहरु छाँद (अँगालो) हालेर रुन्थे। ‘देश भ्रष्टहरुले खाए, लुटे, सिद्याए’ भन्दै गुनासो गर्थे। रविन्द्र, तिमी आउनु पर्छ भनेर रोईकराई गर्थे। सर्वसाधारणको रोईकराई र विलौना देख्दा रविन्द्रले चुनाव हार्छन भन्न सक्ने अवस्था नै थिएन। यति मात्रै होईनन, सामाजिक सञ्जालमा रविन्द्र मिश्रलाई प्रधानमन्त्री नै वनाउनुपर्छ भनेर अभियान चलाईयो।

यसरी हेर्दा काठमाण्डौं क्षेत्र नं. १ को माहौल पूर्ण रुपमा रविन्द्रको पक्षमा थियो। आमसभा, कोण सभा, टोल भेला, जुलुस सवैतिर रविन्द्रकै चर्चा थियो। उनी स्वयम पनि चुनाव जित्नेमा ढुक्क थिए। तर, जव मतदान सकियो, मतको रुझान रविन्द्रको पक्षमा देखिएन। 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १० हजार ९३६ मत ल्याएर काठमाडौं–१ बाट विजयी हुँदा मिश्रले १० हजार ११८ मत मात्रै पाए। परिणाम सवैले स्विकार्नै पर्यो, जित्छु भनेको चुनाव मिश्रले मात्र ८१८ मतले हारे।

अहिले चितवन २ को अवस्था पनि करिव–करिव त्यस्तै छ। मतदाताहरु रविसँग हार गुहार गरिहेका छन्। माहौल हेर्दा रविलाई पनि चुनाव जित्छु भन्ने नै लागेको होला। तर, रविले चुनाव जित्न अझै केही ताघाराहरु पार गर्नु पर्ने अवस्था छ। केही फ्याक्टरहरु छन्, जसले रविलाई चुनाव हराउन सक्छ।

मतदाता धेरै


०७४ सालको चुनावमा काठमाण्डौं १ मा जसरी रविन्द्र मिश्र उदाए, अहिले चितवन २ मा रवि त्यसैगरी अघि वढिरहेका छन् । तर, रविन्द्र मिश्र र रवि लामिछानेको मतदाताको संख्या आकाश जमिनको फरक छ। रविन्द्रले चुनाव लडेको काठमाण्डौं १ मा करिव ३० हजार मत खसेको थियो।

यति सानो संख्यालाई त रविन्द्रले आफनो कुरा प्रष्ट्याउन सकेका रहेननछन भने मनोनयनको दिन चितवन पुगेका रविले एक लाख भन्दा वढि मतदातालाई कसरी आफनो पक्षमा पारे होलन।  चितवन २ मा अहिले १ लाख २५ हजार ३८० जनाले मतदान गर्दैछन् । ति मतदातालाई न त रविको वारेमा थाहा छ नत रविलाई मतदाताको वारेमा थाहा छ। अर्कोतर्फ रविको तुलनामा अन्य उम्मेदवार भुगोल वुझेका र मतदाताको भावना वुझेका छन्। जो चुनाव हार्दा पनि र चुनाव जित्दा पनि चितवन मै रहे।

उर्जावान टिमको अभाव/अराजकको भिड


रविसँग रविन्द्र मिश्रको जस्तो इनर्जेटिक टिम छैन। जसले उनलाई सही सल्लाह र सुझाव दिन सकोस। केही अपवाद वाहेक रविको टिममा रहेका अधिकांश ब्यक्ति अराजक छन् । ‘रविले चुनाव जितिसके’ भन्दै हल्ला–खल्ला गर्ने पनि तिनै भएको स्थानीय जानकारहरु वताउँछन् । रविको टिमले अहिले सामाजिक सञ्जलामा रविको पक्षमा माहौल तयार पारेको छ। रवि मात्र होईन, चितवनका तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुँदैछन् भन्ने भान पारिएको स्थानीयहरु वताउँछन्।

‘त्यो टिमको काम भनेकै रविले चुनाव जितिसकेको भन्दै प्रचार गर्ने र रविको विपक्षमा आउने अभिब्यक्तिलाई दवाउने हो’ रविका गतिविधि नियालीरहेका एक स्थानीयवासी भन्छन–‘रविका विरुद्धमा आउने समाचार, भिडियो तथा अभिब्यक्ति विरुद्ध आमाचकारी गाली गरेर कमेन्ट गर्ने पनि अधिकांश उनको तलव खाएका कर्मचारी नै हुन।’

यसैगरी रविले विदेशमा रहेका र राम्रो फलोअर्स भएका कतिपय फेसवुक पेज पनि किनेको उनको भनाई छ। दुई÷चार पैसा दिएर कतिपय फेसवुक युजरलाई पनि रविले आफनो पक्षमा पारेको वताईन्छ। ति फेसवुक युजरलाई आफनो पक्षमा लेख्न र आफु विरुद्धको समाचार र सुचना विरुद्ध अभिब्यक्ति दिने काममा रविले प्रयोग गरेको जानकारहरु बताउँछन्। तिनै फेसवुक आईडी र पेजहरु मार्फत अहिले ‘रविको पार्टीले क्लिन स्विप पाएको’ भ्रम फैलाइएको बताईन्छ।

संघियता विरोधीको ट्याग, सुसुरा भए भिलेन


आफनै सुसुराका कारण पनि रविलाई चुनाव जित्न समस्या परेको छ। गोपीकृष्ण हलका मालिक तथा फिल्म निर्माता समेत रहेका उद्धव पौडेल उनका ससुरा हुन। पौडेल चितवन ३ का राप्रपा उम्मेदवार तथा उपाध्यक्ष विक्रम पाण्डेका ब्यवसायीक पार्टनर पनि हुन।

पौडेलको सक्रियताकै कारण पनि रवि अप्ठ्यारोमा छन्। रविले प्रदेश संरचना विरुद्ध अभिब्यक्ति दिनु र राप्रपासँगको साँठगाठ झांगिनुले उनलाई संघियता विरोधीको आरोप लागेको छ। यो आरोपका कारण संघियता नभई आफुहरुको भविष्य अन्धकार रहेको वुझ्ने प्रायः आदिवासी/जनजाती रविको विपक्षमा छन्। चुनावको परिणाम पछि उनी पनि रविन्द्र मिश्रकै जस्तो राप्रपामै विलय हुने हल्लाले रविलाई तनाव थपेको छ।

चितवन ३ मा चुनाव लडन भनेर चितवन पुगेका लामिछानेले एकाएक क्षेत्र नं. २ मा उम्मेदवारी दिनु, राप्रपाका उपाध्यक्ष तथा क्षेत्र नं. ३ का उम्मेदवार विक्रम पाण्डेसँग २ करोड लिएर चुनाव क्षेत्र वेचेको सुचना चुहिनु, क्षेत्र नं. २ मा राप्रपा र क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति हुन र यो सवैको सम्योजन रविका ससुराले गर्नुले मतदातामा नकारात्मक संचार भएको छ।

अर्कोतर्फ रविलाई जिताउँन भुमिका खेल्ने स्वयम उनका ससुरा पौडेल भने राप्रपाको कोटाबाट समानुपातिक उम्मेदवार हुनुले पनि रविको विपक्षमा माहौल वनिरहेको स्थानीयहरु वताउँछन् । पौडेलको नाम राप्रपाको समानुपातिक सूचिमा खस आर्यतर्फ पुरुषको चौथो नम्वरमा छ। यो सवै घटनाक्रमले रवि लामिछाने चुनावको आडमा परिचालित भएर आएको आशंका वढेको धेरै मतदाताको वुझाई छ।

रवि लामिछाने

विशेष