News

पुर्वराजा ज्ञानेन्द्र र राहुल गान्धीपछि एलओडीमा ओलीको इन्ट्री, कारण यस्तो

पुर्वराजा ज्ञानेन्द्र र राहुल गान्धीपछि एलओडीमा ओलीको इन्ट्री, कारण यस्तो

काठमाण्डौंको ठमेल भन्नेबित्तिकै आजकालका युवायुवतीको जिब्रोमा झुन्डिने नाम हो ‘एलओडी’, अर्थात् लर्ड अफ द ड्रिंक्स्। साँझ पर्दै गएपछि एलओडीमा तन्नेरीहरूको भिड वढ्दै जान्छ।

रात गाढा हुँदै गएपछि यो नाईट क्लवमा युवाहरु संगितको तालमा खाने, पिउने गर्छन । र रातभरी झुम्छन्। अधिकांशले एलओडीमा रातै विताउँछन्। करिव मध्येरात सम्म खोल्ने अनुमती पाएको एओडी विहान ५ वजेसम्मै खुल्छ।

युवाहरुले एलओडिमा प्रवेश शुल्क मात्रै १ हजार तिर्छन। यहाँ विक्रि हुने सामानको मुल्य वजार भाउ भन्दा ४÷५ गुणा महंगो छ। भिआइपीमा टेबल बुकिङ गर्न २५ देखि ३० हजार रुपैयाँ तिर्नुपर्छ । एउटा टेबलमा ६–७ जना अटाउँछन । भिभिआइपीतर्फ टेबल बुक गर्न ५० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्नुपर्छ । भिभिआइपीमा दुईवटा क्याटेगोरी छन् ।

आफूले प्याकेज किन्दा तिरेको रकमबराबरको जे खान पनि पाइन्छ । तर, एओडीले कसैलाई पनि सामान खरिदको विल भने दिदैन। र पनि युवाहरु एलओडि नै मन पराउँछन्। रातभरी रमाईलो गर्छन र आफनो बाटो लाग्छन्।

कहिलेकाँही यस्तोसम्म अवस्था आउँछ, खाँदा खाँदै युवाहरुको गोजिको पैसा रित्तिन्छ। पुग्दो पैसा नभएपछि एओडी ब्यवस्थापनले उनीहरुसँग जवरजस्ती पैसा असुल्छ। जसका लागि एओडीले विभिन्न नाममा दर्जनौ गुण्डा समेत पालेर राखेको वताईन्छ।

यस्तो क्लवमा शुक्रवार राती अचानक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगे। ओली एलओडीमा प्रवेश गरेसँगै उनको पक्षमा नाराबाजी सुरु भएको थियो । एलओडीमा ओली बसुन्जेल स्क्रिनमा एमालेले जारी गरेको घोषणा पत्र समेत देखाइएको थियो ।

अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको ¥याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् । एलओडीमा केपी ओलीका सार्वजनिक गरेको ‘केपी बा’ बोलको ¥याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो । उक्त गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।

यो क्लवमा गत ०७६ मङ्सिरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि पुगेका थिए । उनले ‘रातो र चन्द्रसूर्य जंगी निसान हाम्रो’ गीतमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो। 

यसैगरी, गत वैशाखमा भारतको कांग्रेस आईका नेता राहुल गान्धी २५ जनाको टोलीसहित एलओडी पुगेका थिए। सीएनएन पत्रकार सुम्निमा उदासको विवाहमा भाग काठमाण्डौ आएका गान्धीले डेढ घण्टा त्यहाँ बिताएका थिए ।

विशेष