News

बालेन्द्रको फोटो राखेर मतदाता ठग्दै लौरो उमेदवार!

बालेन्द्रको फोटो राखेर मतदाता ठग्दै लौरो उमेदवार!

निर्वाचन आयोगको कडा निर्देशनपछि पनि हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुले काठमाण्डौंका मेयर बालेन्द्र साहको नाम भजाएर मतदातामा भ्रम श्रृजना गरिरहेको पाईएको छ।

खास गरी तराईका जिल्लामा बालेन्द्रको नाम दुरुपयोग भईरहेको छ। मधेसी युवा वालेन्द्रको क्रेज देखेपछि उक्त पार्टीका उम्मेदवारले बालेनद्रको समर्थन लौरो चिन्हमा रहेको भन्दै गाउ–गाउँमा भोट मागिरहेका छन् ।

यति मात्रै होईन, आफनो चुनावी प्रचार सामग्रीमा समेत बालेन्द्रको फोटो छापेर प्रचार प्रसार गर्ने गरिएको छ। वारा जिल्लाको क्षेत्र नं. २ स्थित काठ गाउँमा भेटिएको एउटा पम्प्लेटमा लौरो चुनाव चिन्हसहित बालेन्द्रको समेत फोटो राखिएको छ।

क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका रामप्रसाद पटेललेले आफनो चुनाव प्रचार सामग्रीमा बालेन्द्रको फोटो राखेर प्रचार गरिरहेका छन् । आयोगले बालेन्द्रलाई स्पष्टिकरण सोधि सक्दा समेत पटेलले आफनो प्रचार सामग्रीमा बालेन्द्रको फोटो राख्न नछोडेको स्थानीयवासीहरु वताउँछन् ।

आयोगले गत १९ कात्तिकमा बालेन्द्रलाई स्पष्टिकरण सोधेको थियो। हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेन्द्रको समर्थन रहेको भनी प्रचार प्रसार गरेको पाईएपछि उनलाई स्पष्टिकरण सोधिएको थियो।

आयोगले बालेन्द्रलाई लेखेको पत्रमा भनिएको थियो–‘हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको हो । 

त्यसको जवाफमा बालेन्द्रले कुनै पनि पार्टीमा आफनो संलग्नता नरहेको र आफनो नाम लिएर प्रचार गर्नेलाई कारवाही गर्दा हुने जवाफ दिएका थिए। बालेन्द्रले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ फर्काएका थिए।

यो पनि,

विशेष