News

दार्चुलामा एमाले कार्यकर्ताद्धारा माओवादी नेता धामीमाथि सामूहिक आक्रमण, गम्भिर घाइते 

दार्चुलामा एमाले कार्यकर्ताद्धारा माओवादी नेता धामीमाथि सामूहिक आक्रमण, गम्भिर घाइते 

दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताको सामूहिक आक्रमणमा परी माओवादी केन्द्रका नेता जयभान सिंह धामी गम्भिर घाइते भएका छन् । आइतबार नौगाड गाउँपालिकामा धामीमाथि सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामीको अझै होस् नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको दार्चुला प्रहरीले बतायो । 

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले जानकारी दिए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए । स्वस्थ प्रतिस्पर्धाबाट एमाले डराएको हुँदा उम्मेदवार गणेश ठगुन्नाले धामीमाथि आक्रमण गर्न लगाएको भट्टको आरोप ।

गम्भिर घाइते जयभान सिंह धामी

विशेष