News

रवि लामिछानेको गाडिमा आक्रमण, फण्डा गरेको स्थानीयको आरोप 

रवि लामिछानेको गाडिमा आक्रमण, फण्डा गरेको स्थानीयको आरोप 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार–प्रसारमा रहेको गाडिमा तोडफोड भएको छ। तोडफोड कस्ले गर्यो भन्ने खुलेको छैन, तर लामिछानेले भने प्रतिस्पर्धी उम्मेदवारको -यालीका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएका छन्।

कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको आफना कार्यकर्ता चढेको बा १० च ७६८४ नम्वरको गाडिमा ढुङ्गा हानेर तोडफोड गरिएको उनले जनाएका छन्। चाउचाउ खाएर प्रचारमा हिडेका आफना कार्यकर्ता चढेको गाडिको सिसा ढुङ्गा हानेर फुटाईएको लामिछानेको आरोप छ।

प्रतिस्पर्धी पार्टीको र्यालीमा रहेकाहरुले ढुङ्गा हानेको र प्रहरीले उनीहरुलाई संरक्षण गरेर र्याली संचालन गराएको लामिछानेले आरोप लगाए। ‘मेरो आफनै गाडिको पछाडि भएको गाडिमा आक्रमण भयो, मेरा कार्यकर्तालाई चोट लागेको छ’ उनले भनेका छन्–‘त्यो त ममाथिकै आक्रमण होनी ।’

प्रतिस्पर्धी पार्टीको -यालीमा मादक पदार्थ सेवन गरेका मान्छे सहभागि भएको र तिनैले गाडिमा ढुङ्गा हानेको लामिछानेको आरोप छ। कतिपय स्थानीयले भने चुनाव हार्ने डरले रविले फण्डा सुरु गरेको आरोप लगाएका छन् ।
 

विशेष