News

चितवन घट्नामा स्थानीय भन्छन्ः रविका कार्यकर्ता अराजक भएका हुन्

चितवन घट्नामा स्थानीय भन्छन्ः रविका कार्यकर्ता अराजक भएका हुन्

चितवनको कुरिनटार नजिकै रवि लामिछानेका कार्यकर्ताले निहुँ खोजेपछि सत्ता गठबन्धनका कार्यकर्तासँग झडप भएको खुलेको छ।

दिउँसो करिव साढे तीन बजे उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ । झडपको क्रममा रविको प्रचार टोली चढेको गाडीको अगाडिको सीसा फुटेको छ ।

जानकारी अनुसार लामिछानेको टोली अगाडि बढिरहँदा अर्को साइडबाट गठबन्धनको प्रचार टोली आइरहेको थियो । गठबन्धन टोलीमा रहेका एक कार्यकर्ताका अनुसार सुरुमा रविका कार्यकर्ताले नै निहुँ खोजेपछि सामान्य भनाभन भएको थियो।

‘गठबन्धनको पनि आज घरदैलो थियो। हाम्रो टोली फर्किरहँदा अर्को साइडमा गाडीमा रहेका रविका कार्यकर्ताले अराजकता देखाए’ गठधन्धनको प्रचार टोलीमा रहेका कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले भने– ‘हाम्रा समर्थकतिर हात देखाउँदै घण्टी बजाउने र जिस्क्याउने काम गरे। त्यस क्रममा भनाभन भएको हो। उनको गाडिमा कस्ले ढुङ्गा हान्यो हामीलाई जानकारी छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका समर्थक चढेको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको हो । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका स्वतन्त्र पार्टीका सभापति लामिछानेले भने प्रहरीको संरक्षणमा आफनो गाडिमा ढुङ्गा हानिएको आरोप लगाएका छन् ।

लामिछानेले प्रतिस्पर्धी पार्टीको -यालीमा रहेकाहरुले ढुङ्गा हानेको र प्रहरीले उनीहरुलाई संरक्षण गरेर ¥याली संचालन गराएको आरोप लगाए। ‘मेरो आफनै गाडिको पछाडि भएको गाडिमा आक्रमण भयो, मेरा कार्यकर्तालाई चोट लागेको छ’ उनले भनेका छन–‘त्यो त ममाथिकै आक्रमण होनी ।’

प्रतिस्पर्धी पार्टीको –यालीमा मादक पदार्थ सेवन गरेका मान्छे सहभागि भएको र तिनैले गाडिमा ढुङ्गा हानेको उनको आरोप छ।

घट्ना देखेका स्थानीयले भने चुनाव हार्ने डरले रविले फण्डा सुरु गरेको आरोप लगाएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले गाडीको अगाडिको सिसा फुटेको जानकारी प्राप्त भएको बताए । 

यो पनि,

रवि लामिछानेको गाडिमा आक्रमण, फण्डा गरेको स्थानीयको आरोप 

विशेष