News

भीम रावलका विषयमा ओलीको छुद्र जवाफः माया लाग्या भए अछाम जानुस्

भीम रावलका विषयमा ओलीको छुद्र जवाफः माया लाग्या भए अछाम जानुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलका विषयमा फेरी छुद्र अभिब्यक्ति दिएका छन् । दैलेखमा आयोजित चुनावी सभामा सम्वोधन गर्दै गर्दा ‘भीम रावल खै ?’ भन्दै सोधेपछि ओलीले कार्यकर्ता रुष्ट हुनेगरी जवाफ फर्काएका हुन।

कार्यकर्ताले पटक पटक रावलको बारेमा जिज्ञास राखेपछि रिसाएका ओलीले ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्’ भन्दै जफाव दिए। यसअघिको अर्को कार्यक्रममा पनि कार्यकर्ताले रावलको वारेमा जिज्ञासा राख्दै आएका छन् ।

अछाम–१ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी रहेका रावललाई ओलीले टिकट दिन नमानेपछि कार्यकर्ताले उनलाई यस विषयमा प्रश्न गर्दै आएका छन् ।

ओलीले आइतबार नै सुर्खेतमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए । त्यस क्रममा उनले पाँच दलीय सत्ता गठबन्धनले चुनावपछि पनि सरकार बनाउने भनी गरेको दाबी र व्यवहारमा बेमेल रहेको बताए ।
 

विशेष