News

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोस्ने झाक्री पक्राउ 

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोस्ने झाक्री पक्राउ 

र्‍यापर हप्याक (मिलनजंग कुँवर) लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ परेका छन् । उनलाई नवलपरासीको कावासोतीबाट शुक्रबार राति नै पक्राउ गरेको हो ।

पीडितको परिवारले उजुरी दिएलगँतै झाँक्री दिपक सार्कीलाई पक्राउ गरेको कावासोती प्रहरीले जनाएको छ । 

गत साता नवलपरासीको कावासोतीमा र्‍यापर हप्याकलाई ‘बोक्सी ‘लागेको भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि उनी घाइते भएका छन् । 
हप्याक रियालिटी शो ‘नेपहपको श्रीपेच’ को टप १४ सम्म पुगेका प्रतिस्पर्धी हुन् ।

हप्याक

विशेष