News

चीनकाजीको आरोपः शेरवहादुरले पैसाको चलखेल गरेर भ्याट्टै पार्दिए

चीनकाजीको आरोपः शेरवहादुरले पैसाको चलखेल गरेर भ्याट्टै पार्दिए

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले टिकट वितरणमा सभापति शेरवहादुर देउवाले पोईसाको चलखेल गरेको आरोप लगाएका छन् । हालै सार्वजनिक भएको श्रेष्ठको एउटा अडियो क्लिपमा गोरखामा जनजाति सिद्याउन बाहुनहरुले गठबन्धन गरेको आरोप छ।

सभापति देउवाले आफुलाई धोका दिएर गोरखा १ मा काँग्रेसका युवा नेता राजेन्द्र बजगाईलाई उम्मेदवार बनाएको श्रेष्ठको आरोप छ। ‘कुनै पनि कमी कमजोरी छैन, अन्तिममा पैसाको चलखेलले भ्याट्टै पारिदिए’ श्रेष्ठले भनेका छन्–‘यति अत्याचार छ, के गर्ने ? राजनीतिमा विकृति भित्रियो।’ 

गोरखामा गठबन्धनका २ प्रतिनिधिसभा उम्मेदवार र ४ जना प्रदेशसभा उम्मेदवार बाहुन भएको र जातीय सम्प्रदायका कारण आफ्नो टिकट खोसिएको पनि उनले बताएका छन् । ‘६ जना नै बाहुन छन्, बल्लबल्ल गरेर अनेक गरेर टिकेको हामीलाई स्वाट्टै पारिदियो’ अडियोमा भनिएको छ–‘भित्र चाहिँ साम्प्रदायिक छ, विकृति विसंगति छ।’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा २ मा प्रचण्डलाई ल्याएर छोरी मानुषी यमी भट्टराईलाई ‘सेटल गराउन’ चाहेको श्रेष्ठको आरोप छ । प्रचण्ड आउनुमा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईँको पनि हात रहेको उनले बताएका छन् ।

‘बाबुरामले पनि छोरीलाई बनाउनुपर्ने । एउटा काँग्रेस र अर्को बाबुरामले लियो भने उसलाई आउने सम्भावना कम हुन्छ । मान्छे इरिटेड भएका थिए’ उनले भनेका छन्–‘बाबुरामले आफुलाई गाह्रो हुन्छ छोरी र महेन्द्र यादवलाई मिलाउनुपर्यो । नारायणकाजीले पनि छोडेपछि प्रचण्डलाई सजिलो भयो ।’
 

विशेष