News

प्रकाशमानको जवाफले सुकुम्वासी असन्तुष्टः चित्त वुझ्दो भनेको के हो ?

प्रकाशमानको जवाफले सुकुम्वासी असन्तुष्टः चित्त वुझ्दो भनेको के हो ?

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यस पटक पनि सुकुम्वासीलाई आँखामा छारो हालेर चुनाव जित्ने योजना देखिएको छ।  थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्वासी बस्ती पुगेका सिंह उनीहरुलाई स्पष्ट जवाफ नदिई फर्किएका छन् ।

कार्यक्रममा वोल्दै उनले ‘तपाईहरुको चित्त वुझ्ने गरी काम गर्छु’ भन्दै भ्रमपुर्ण जवाफ दिएको स्थानीयले वताए । सुकुम्वासी समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधारमा अगाडि वढ्ने उनको भनाई थियो।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको हो’ श्रेष्ठले भनेको कुरा वताउँदै एक स्थानीयले भने–‘आयोगले वस्ती हटाउनु पर्छ भन्यो भने त हामीलाई लेखेट्ने योजना पो देखियो।’

मतदाताले सरकारी कार्यालयको कामकाज झन्झटिलो र ढिलो भएको विषयमा पनि उनलाई गुनासो गरेका थिए । जवाफमा उनले सरकारी सेवालाई सरल र छिटोछरितो बनाउन पहल गर्ने बताएका थिए ।
 

विशेष