News

बाबुरामले मनिषालाई किन देखे अबरोध, राजनीतिमा यस्तो छ तरंग

बाबुरामले मनिषालाई किन देखे अबरोध, राजनीतिमा यस्तो छ तरंग

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकी नातिनी मनिषा कोईरालाले राप्रपालाई भोट मागेपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। शिर्ष नेताहरु पहाडै खसे झै गरी प्रतिक्रिया जनाउन थालेका छन्।

मनिषाले राप्रपाका चुनावी सभामा ‘कांग्रेसले विपीको मेलमिलापको नीति विर्से पनि राजेन्द्र लिङदेनले नविर्सिएको’ भन्दै भाषण गर्न थालेपछि त झन नेताहरुलाई छटपटी सुरु भएको छ। जनतामा राजनीतिक दल र नेताहरु प्रतिको असन्तुष्टि चुलिँदै गरेको उनीहरुलाई थाहा छ।

त्यसैले त मनिषाको भाषणले आगोमा घ्यु थप्ने होकी भन्ने उनीहरुलाई पीर छ। उसो त, पुर्व राजा ज्ञानेन्द्र मन्दिर दर्शनमा निस्कदा समेत ‘राजतन्त्र फर्काइ हाल्छन की ?’ भन्दै आत्तिने नेताहरुका लागि मनिषाको भाषण चानचुने विषय होईन। उनले राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै राजेन्द्र लिङ्देनले अहिले उठाएको विषय भएको वताएपछि त झन नेताहरु तिल्मिलाउने नै भए।

तर, उनले वोल्दैमा पहाडै खसिहाल्ने, लोकतन्त्र धरापमै परिहाल्ने जसरी प्रतिक्रिया आउनु चै आश्चर्य भएको कतिपयले टिप्पणी गर्न थालेका छन् । मनिषाको अभिब्यक्तिबाट आत्तिएर प्रतिक्रिया जनाउनेमा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन् ।

उनले अभिनेत्री कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन्। शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन्। 

‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो’ भट्टराईले लेखेका छन्–‘अतः जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बरबाद नगरौं।’

यद्यपी उनले मनिषा कोईरालालाई आफुहरुको अवरोधका रुपमा वझेको भने स्पष्ट देखिन्छ। ‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ’ भन्नुले मनिषा कोइराला उनका लागि अवरोध देखिएको विश्लेषकहरु वताउँछन् ।

भट्टराईको ट्वीटमा प्रतिक्रिया जनाउँदै पुस्पराज पुरुषले लेखेका छन्–‘नहुने काम भएको भए तपाईंले पोस्ट गर्नु हुने थिएन। तपाईंले पोस्ट गर्नु भनेको त्यो काम हुन्छ भन्ने तपाईमा पिर वा डर छ भन्ने पनि अर्थ लगाए मान्छेहरुले!’

मनिषाको भाषणबाट नेताहरु डराउनु पर्ने २ कारण छन् । एकातर्फ धर्म निरपेक्षताको विपक्षमा माहौल तयार हुँदैछ भने अर्कोतर्फ गैर जिम्मेवार नेताहरुका कारण ब्यवस्था नै गलत हो की भन्ने भ्रम सृजना हुदै गएको छ। त्यसमा पनि कोईराला परिवारमै हिन्दु राष्ट र राजसंस्थाका विषयमा कुरा उठ्न थालेपछि उनीहरुले आफुलाई जोखिममा देखेको विश्लेषकहरु वताउँछन् ।

उनीहरुका अनुसार मनिषाका बुवा प्रकाश कोइरालाले पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने गरेका छन। उनका काका शंशाक कोइराला पनि नेपाली कांग्रेसभित्रै रहेर हिन्दु राष्ट्रको विषयमा मत राख्दै आएका छन्।

कांग्रेस संस्थागत हिसाबले नै विचलित भएपछि यो अवस्था आएको विश्लेषकहरुको मत छ। कांग्रेसले माओवादीलाई भोट मागेर हिड्न थालेपछि केही वर्ष अघिसम्म राजसंस्थाको वकालत गर्नेहरु अहिले राप्रपालाई भोट माग्नु आश्चर्य नहुने उनीहरु वताउँछन्।

विशेष