News

प्रचण्डको डिंगाः अहिले प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन 

प्रचण्डको डिंगाः अहिले प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको चुमनुब्री स्थित सिर्दिवासमा पुगेर ‘म र कांग्रेस सभापति शेरवहादुर देउवा मिलेपछि नहुने भन्ने कुनै कुरा छैन’ भन्दै फुर्ती हाँकेका छन् । 

दुर्गम र जटिल भौगोलिक संरचना रहेको उत्तरी गोरखाको विकासका लागि आफुले पहल गर्ने वताएका उनले गाउँलेलाई आश्वास्त पार्न आफुहरु मिलेपछि जे पनि हुने वताए । यति मात्रै होईन, उनले गोरखा क्षेत्रका कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेश सभा ‘ख’ मा कांग्रेसकै नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाउने जिम्मा पनि आफैले लिने बताए ।

‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ,’ दाहालले भने, ‘उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’

दाहालले चुमनुब्रीका छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए। 
 

विशेष