News

म क्यान्सरबाट मुक्त भए, देशलाई भ्रष्टाचारको क्यान्सरबाट मुक्त गराउनु छः मनीषा

म क्यान्सरबाट मुक्त भए, देशलाई भ्रष्टाचारको क्यान्सरबाट मुक्त गराउनु छः मनीषा

राप्रपाका लागि भोट माग्दै हिडेकी नायिका मनीषा कोईरालाले नेपाली कांग्रेस बीपीको राष्ट्रिय मेलमिलाप नीति छाडेर लम्पसारवादमा लागेको आरोप लगाएकी छिन् ।

सोमवार हेटौंडामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देशभक्तहरूलाई चुनाव जिताउन र स्वाधीनता विपरीत लम्सरवादमा जान लागेको मुलुकलाई जोगाउन आग्रह गरिन।

मुम्बइमा फिल्म छायाँकन रोकेर राप्रपाको चुनावी अभियानमा सहभागी हुन नेपाल आएकी कोइरालाले मुलुक लम्पसारवादमा जान लागेको बताइन् । बीपी कोइरालाकी नातिनी समेत रहेकी मनीषाले देशलाई स्वाधिन बनाउने हो भने राष्ट्रिय मेलमिलापको नीति अपनाउनै पर्ने बाध्यता औल्याईन।

‘हामी अरूका अगाडि झुक्दैछौं, लम्पसारवाद भएका छौँ । हामीले राष्ट्रिय मेलमिलपाको नीति अपनाउनै पर्छ । अहिलेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनमा त्यो क्षमता देखेर मैले समर्थन गरेको हुँ, म राप्रपा प्रवेश गरेको होइन’ उनले भनिन्–‘आफूलाई क्यान्सर लागेर निको भइसकेको सुनाउँदै उनले देशलाई भ्रष्टाचारको क्यान्सरबाट मुक्त गर्न राजेन्द्रको कुराले आफूलाई प्रभावित बनाएको बताइन् ।’

विशेष