News

अवको प्रधानमन्त्री गगन थापा की रामचन्द्र पौडेल ?

अवको प्रधानमन्त्री गगन थापा की रामचन्द्र पौडेल ?

सत्ता गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्ने निश्चित नहुँदा नेकपा एमालेका अध्यक्ष वेला–वेला छेड हानेर भाषणा गर्छन। ओलीले ‘एमालेको अवको प्रधानमन्त्री मँ, तपाईहरुको प्रधानमन्त्री को ?’ भनेर आलोचना गर्दा समेत गठबन्धनका नेता वोल्दैनन्।

अहिले नै प्रधानमन्त्री तोकेर जाँदा मत परिणाममा असर गर्ने डरले उनीहरुले प्रधानमन्त्रीको दावेदारको नाम सार्वजनिक गरेका छैनन्। स्रोतका अनुसार यस विषयमा गठबन्धन भित्र छलफल पनि भएको छैन। यही कुरा वुझेर होला ओलीले वेला–वेला प्रधानमन्त्री वन्ने वेलामा गठवन्धनभित्र भाँडभैलो हुने वताउँछन्।

गठवन्धनमा प्रधानमन्त्री वन्न खोज्नेको भिड नै छ। नेपाली कांग्रेसका नेता शेरवहादुर देउवा, प्रकाशमान सिंह, माओवादीका अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायत प्रधानमन्त्री वन्न लालायित छन् ।

काठमाण्डौं क्षेत्र नं. ४ का गगन थापा यस पटक प्रधानमन्त्री वन्छु भनेरै भोट मागिरहेका छन् भने अर्थविद स्वर्णिम वाग्ले उनलाई उचाली रहेका छन्। भेटे रामचन्द्र पौडेल पनि प्रधानमन्त्री वन्ने दाउमा छन् । त्यसमाथि माओवादीका अध्यक्ष दाहालले पौडेललाई पनि उचालेर सुसुप्त अवस्थामा रहेको पौडेलको प्रधानमन्त्री वन्ने आकांक्षालाई ताजा गराई दिएका छन् ।

दाहालले सोमवार तनहुँमा आयोजित सभालाई सम्वोधन गर्दै अत्याधिक मतले विजयी गराए नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन सकिने सम्भावना रहेको बतादिए।

पौडेल तनहुँ १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ, एकचोटी यो देशको कार्यकारीको ठाउँमा पुग्ने इच्छा छ’ दाहालले भने–‘त्यसकारण तपाईंहरूले ढुक्कसँग उहाँलाई अत्याधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्यो–बढ्यो–बढ्यो।’

तर थौरै मतान्तरले जिताएमा प्रधानमन्त्रीमा अघि सार्न गाह्रो पर्ने प्रचण्डको भनाइ थियो। ‘यो अवसर गुम्न नदिनुहोला,’ उनले भने।

विशेष