News

ओलीको गुणगान गाउँदा यसरी चिप्लिईन ज्योति मगर !

ओलीको गुणगान गाउँदा यसरी चिप्लिईन ज्योति मगर !

राजनीतिमा खासै नखुल्ने नेपाली कलाकारहरु आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचमा खुलेरै प्रचार–प्रसारमा लागेका छन् । यही भिडमा गायिका ज्योती मगर पनि छिन्।

विवाद र चर्चाको शिखरमा रहने गायिका मगर यस पटक भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न हिडेका कारण चर्चामा छिन्। ओलीका छोराछोरी छैनन् भन्ने समेत नवुझेकी मगरले ‘ओलीले आफ्ना छोराछोरीलाई पदमा राखेका छैनन’ भन्दै अभिब्यक्ति दिएपछि उनको चर्चा वढेको छ।

नातावाद र कृपावादमा ओली नलागेको भन्दै उनले गठबन्धनका नेताले आफ्नै छोराछोरीलाई अवसर दिएको तर्क गरेकी छिन् । उनले अहिलेसम्म आफूले कुनै पार्टीका लागि भोट नमागेको भन्दै केपी ओली साँच्चिकै विकासप्रेमी नेता भएकाले भोट मागेको बताएकी छन्।

केपी ओलीका पक्षमा किन भन्ने प्रश्नमा मगरले ओली देशको विकास गर्ने नेता भएकाले भोट माग्न हिडेको वताएकी छिन् । ‘केपी ओलीज्यूले जति गर्नुभएको छ, उहाँको तुलनामा अरु नेताहरुले गर्नुभएको छैन’ उनले भनेकी छिन्–‘यो कुरा सोझो आँखाले पनि देखिन्छ जस्तो लाग्छ।’ ओलीले जति देशका लागि अरु नेताले नगरेको उनको दावी छ।

‘हामी सोझो मान्छे कल्ले कुर्सीका लागि मात्रै लडिरहेको छ र कसले साँच्चिकै विकास चाहिरहेको छ भन्ने कुरा कहीँ न कहीँ थाहा हुन्छ’ उनले भनेकी छिन्–‘राजनीति नबुझे पनि बाहिरै बसेर यत्ति कुरा बुझ्न सकिन्छ। व्यक्तिगत रुपमा कुन नेताले के गरेको छ भनेर देख्न र बुझ्न सकिन्छ।’

गायिका मगर एमालेको चुनाव चिन्ह सूर्यको झण्डा र उम्मेदवारका ब्यानर नै बोकेर चुनावी प्रचारमा हिडिरहेकी छिन् । 

विशेष