News

गोरखामा अब्दुसको टीममाथि यसरी भयो आक्रमण, देशभर झडप र आक्रमण वढे

गोरखामा अब्दुसको टीममाथि यसरी भयो आक्रमण, देशभर झडप र आक्रमण वढे

नेकपा एमालेका तर्फबाट गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको टोलीमाथि आईतवार राति आक्रमण भएको छ।

रिसोर्टमा खाना खाँदै गरेको टीमलाई एक समूहले आक्रमण गरेको अब्दुसले बताएका छन्। आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको तस्बिर अब्दुसले सामाजिक संजालमा सार्वजनिक गरेका छन्। 

‘गोरखामा हाम्रो टीममाथि खाना खाँदै गरेको अवस्थामा आक्रमण भएको छ,’ मियाँले भनेका छन्, ‘प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी ३ जना फरार भएका छन्।’ गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन्।

यो मात्रै होईन, निर्वाचनको मिति नजिकिएसँगै देशभर आक्रमण, तोडफोड र झडपका घट्ना वढेका छन्। आईतवार एकै दिन तीन वटा घट्ना भएका छन्।

चितवन २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र सत्ता गठबन्धनका उम्मेदवारको टिमबीच पनि झडप भएको छ। लामिछानेका कार्यकर्ताले गठवन्धनका कार्यकर्तालाई जिस्क्याएपछि झडप भएको जनाईएको छ।

जानकारी अनुसार लामिछानेको टोली अगाडि बढिरहँदा अर्को साइडबाट गठबन्धनको प्रचार टोली आइरहेको थियो । गठबन्धन टोलीमा रहेका एक कार्यकर्ताका अनुसार सुरुमा रविका कार्यकर्ताले नै जिस्क्याउन थालेका थिए। त्यसपछि विवाद भएर झडप भएको जनाईएको छ।

यस्तै, दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। झडपमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका छन्। घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले वताए।
 

विशेष