News

राजनीतिमा ढल्किए डा. गोविन्द केसी, पुकार वमलाई समर्थन

राजनीतिमा ढल्किए डा. गोविन्द केसी, पुकार वमलाई समर्थन

चिकित्सा शिक्षा सुधारका अभियाका कारण चर्चामा आएका डा. गोविन्द केसीले काठमाडौं–१ मा पुकार बमलाई समर्थन गरेका छन् । सामाजिक न्यायका लागि निरन्तर सकृय रहेका वम आफुलाई सही उम्मेदवार लागेको भन्दै केसीले उनलाई समर्थन गरेका हुन।

एक भिडियो सन्देश जारी गरेका केसीले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका वमलाई आफूले सही उम्मेदवारका रुपमा लिएको बताएका छन् ।

‘यो अभियानमा उहाँ प्रत्यक्ष रुपमा नै सहभागी हुनुहुन्छ’ केसीले भनेका छन्–‘त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरुले जुन पार्टीको सरकारको हुँदा पनि जवाफदेही बनाउन सक्रिय हुनुभएको छ।’

राष्ट्रिय विपदमा परेका बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोशिस गरेकाले केसी योग्य उम्मेदवार भएको उनको ठहर छ।

‘उहाँहरु जनप्रतिनिधिका रुपमा प्रतिनिधिसभामा पुगेर सेवा गर्ने इच्छा राख्नुभएको छ’ केसीले भनेका छन्–‘उहाँहरुलाई सेवा गर्ने कम्तीमा एकचोटी भए पनि मौका दिऔं ।’ विवेकशील नेपाली दलको सह संस्थापक बम हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ को उम्मेदवार छन् । 
 

विशेष