News

रविको टोलीमाथि आक्रमण हुनुको कारण खुल्योः प्रहरी भन्छ– जिस्क्याएपछि तोडफोड

रविको टोलीमाथि आक्रमण हुनुको कारण खुल्योः प्रहरी भन्छ– जिस्क्याएपछि तोडफोड

आईतवार चितवनको लेवाटारमा रवि लामिलामिछाने नेतृत्वको टोलीमाथि आक्रमण भएको भनिएको घट्नामा अर्को ट्वीस्ट आएको छ। मादक पदार्थ सेवन गरेका लामिछानेका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई दुर्ब्यवहार गरेपछि घट्ना भएको कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठका अनुसार गठबन्धनको टोली कुरिनटारको घरदैलो सकेर फर्कँदै थियो। रवि लामिछाने र उनका कार्यकर्तासँग जम्का भेट भयो। लामिछानेजीले हाँस्दै हात हल्लाएर सौहार्द्रता प्रकट गरे।

तर लामिछानेले गइसकेपछि उनका कार्यकर्तासँग विवाद भयो। रविको पछाडिको गाडिमा वसेका कार्यकर्ताहरुले मादक पदार्थ सेवन गरेका थिए। उनीहरुले दुर्ब्यवहार गरेपछि विवाद भएको उनको भनाई छ। त्यस विषयमा आफुहरुले तत्कालै प्रहरीलाई पनि खवर गरेको श्रेष्ठ बताउँछन् । ‘हाम्रो नियत खराव भएको भए लामिछाने हुँदै विवाद हुन्थ्यो’ उनले भने–‘तर उहाँ हुँदासम्म केही भएको थिएन!’

लामिछानेले भने सत्ता गठबन्धनको एउटा समूहले विवाद गरेर आक्रमण गरेको वताएका छन् । उनले राजनीतिक प्रतिष्पर्धाको विषयलाई लिएर आक्रमण गरिएको भन्दै आपत्ति जनाएका । उनले आफू असुरक्षित भएको भन्दै प्रहरीलाई जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले भने दुई पक्षको टोली क्रस हुने बेला विवाद भएको जनाएको छ। ‘लामिछानेको घरदैलो टोलीले जिस्काएपछि विवाद हुँदा तोडफोड भएको देखिएको छ’ डीएसपी विजयराज पण्डित भन्छन्–‘कारण खुलेको छैन, राजनीतिक विषय नै हुनसक्छ ।’

विशेष