News

गिरिजालाई शान्ति नायकको उपाधि दिएर प्रचण्डले आफै लिए गणतन्त्र नायकको उपाधि !

गिरिजालाई शान्ति नायकको उपाधि दिएर प्रचण्डले आफै लिए गणतन्त्र नायकको उपाधि !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग नाम जोडेर आफुलाई गणतन्त्रको नायक घोषणा गरेका छन् ।

सोमवार लमजुङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले गिरिजाप्रसाद कोइरालालाई शान्ति नायकको उपमा दिए भने आफूलाई क्रान्ति र गणतन्त्रको नायकका रुपमा प्रस्तुत गरेका छन्। 

‘मलाई पनि अहिले पार्टीका साथीहरुले सर्वमान्य र नायकका रुपमा लिन्छन’ उनले भने, ‘कांग्रेस र माओवादीका हजारौँ कार्यकर्ताको साहदत नभएको भए यो सम्झौता हुने थिएन।’ परिवर्तन ल्याउँदा थुप्रै कांग्रेस कार्यकर्ता पनि मरेका उनले सुनाए। ‘माओवादीका पनि मरेका छन्। क्रान्ति नायक र शान्ति नायक मिलेर यो सम्भव भएको हो’– उनले भने।

सभामा सम्वोधन गर्दा उनले लगातार रुपमा प्रतिगमनमा लैजाने एमालेको निर्णयलाई परास्त गर्न गठबन्धन बनेको दाबी गरिरहे। ‘तत्काल त्यो प्रतिगामी प्रवृत्ति पराजित भएको छ। हामीले प्रतिवाद नगरेको भए देश अँध्यारो सुरुङतिर जाने थियो’, उनले भने, ‘नेपालको आधुनिक इतिहासमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता एक नयाँ अध्याय हो। हामीलाई भनिन्छ झण्डै १७ हजारको ज्यान गयो, ठूलो पीडा भयो। त्यो पीडाबाट निस्किन हामीले सम्झौता गरेका हौँ।’
 

विशेष