News

स्वर्णिम र प्रचण्डले रोपे कांग्रेसमा झगडाको विउ, प्रधानमन्त्रीका लागि लफडा

स्वर्णिम र प्रचण्डले रोपे कांग्रेसमा झगडाको विउ, प्रधानमन्त्रीका लागि लफडा

अर्थविद स्वर्णिम वाग्लेले नेपाली कांग्रेस भित्र झगडाको विउ रोपेका छन् । वाग्लेले गगन थापालाई अवको प्रधानमन्त्री भन्दै प्रचार गर्न थालेपछि नेताहरु खटपटी सुरु भएको छ। त्यसमाथि माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले रामचन्द्र पौडेललाई पनि प्रधानमन्त्रीका रुपमा आगाडि सारेपछि नेताहरुका प्रतिक्रिया आउन थालेका छन् ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पार्टीभित्रका कुनै पनि नेताले प्रधानमन्त्रीको बाजा बजाउँदै हिँड्न आवश्यक नरहेको बताउादै सभापति शेरबहादुर देउवाले नै निरन्तरता पाउने बताएका छन्। 

‘मलाई लाग्दछ, अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो। आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरुलाई निर्वाचित गराउने काम हो’, उनले भने, ‘हाम्रो पार्टीको नेतृत्व र पदाधिकारी सबैको त्यही कर्तव्य र जिम्मेवारी पनि हो। पार्टी पहिला जित्नुप¥यो। गठबन्धनले जित्नुप¥यो। पार्टीले जितेपछि पनि संसदीय दलबाट नेतृत्व चुनिन्छ।’

उनले निर्वाचन जितिसकेपछि संसदीय दलको नेता पनि निर्वाचनबाटै चुनिने उनले बताए। ‘त्यसकारण अहिले प्रधानमन्त्रीबारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ। त्यसले पार्टीको पक्षमा माहोल बन्ने र हित हुने मैले देख्दिनँ’, उनले भने, ‘मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ? स्वयम् पार्टीको नेतृत्व गरिरहनुभएको सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ। उहाँले पनि भन्नु भएको छैन। अरुले म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन।’

यता, नेता शशांक कोईरालाले पनि आफुलाई भावि पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा उभ्याएका छन् । प्रधानमन्त्रीमा शेखर कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, गगन थापालगायतका नेता रहेको र उनीहरुलाई आफुले रेस्पेक्ट गर्ने वताउँदै उनले अवको नेतृत्व आफुले गर्ने वताउँदै आएका छन् ।

गगन थापाको कुरा गर्दा अहिले उनको भविश्य बाँकी रहेको भन्दै उनले थापासँग त्यतिधेरै अनुभव नभएको यसपटक पर्खिन आग्रह गरेका छन् । ‘उनी राम्रो वक्क्ता हो तर राजनीतिमा त्यतिलेमात्रै पुग्दैन’ उनले भने–‘एउटा सपना चाहिन्छ त्यो गगनमा मैले देख्दिन । जुन सपना म मा छ ।’

विशेष