News

एक साताभित्र गण्डकी प्रदेशका दुई मन्त्री वर्खास्त

एक साताभित्र गण्डकी प्रदेशका दुई मन्त्री वर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेको एक साता नपुग्दै खड्का वर्खास्त भएका हुन।

पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार खड्कालाई मन्त्रीबाट बर्खास्त गरेका हुन् । उम्मेदवार बन्न नपाएपछि निष्क्रिय रहेका खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

०७८ साउन ८ मा उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो। यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त भएका थिए।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले कात्तिक २२ गते आचार्यलाई मन्त्रीबाट हटाएका थिए ।
 

विशेष