News

देउवा र प्रचण्ड सहभागि कार्यक्रम प्रदेश उम्मेदवारले गरे वहिस्कार

देउवा र प्रचण्ड सहभागि कार्यक्रम प्रदेश उम्मेदवारले गरे वहिस्कार

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागि कार्यक्रम गठवन्धनकै उम्मेदवारले वहिस्कार गरेका छन् ।

नवलपरासी क्षेत्र नं. १ स्थित बर्दघाटको चौपातामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल त्यहाँ पुगेका थिए । तर सोही क्षेत्रको प्रदेश सभा (ख) का उम्मेदवार कार्यक्रममा उपस्थित भएनन्। निर्वाचन क्षेत्र नं. १ को (ख) मा माओवादी केन्द्रका रामानन्द यादव र कांग्रेसबाट उम्मेदवारी दिएका देवकरण कलवारले उम्मेदवारी दिएका छन् ।

जानकारी अनुसार उक्त क्षेत्रमा उम्मेदवारीको विषयमा गठबन्धन भित्रै किचलो छ। गठबन्धनको निर्णय अनुसार क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो । तर माओवादी केन्द्रले पाएको क्षेत्र नं. १ (ख) मा पनि कांग्रेसले नै उम्मेदवार उठाएपछि दुई पार्टीबीच किचलो छ।

माओवादी केन्द्रबाट यादवले उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका कलवारले पनि कांग्रेसकोतर्फबाट उम्मेदवारी दिएका थिए । सहमति विपरीत उम्मेदवारी दिएको भन्दै माओवादीले कांग्रेसका उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पारेर समर्थन गरेको घोषणा गर्न पटक पटक आग्रह गर्दै आएको छ। तर, पनि कलवारको उम्मेदवारी यथावत छ । दुबै जना आ–आफ्नो प्रचारमा छन् ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएको कार्यक्रममा कुनै एक उम्मेदवार सहभागी भए एक–अर्का दलले बिरोध गर्ने भएपछि दुबै जना उम्मेदवार सहभागी नभएको जनाईएको छ। चुनावी सभामा प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका कांग्रेसका विश्वप्रेम पाठक भने सहभागी थिए ।

यो विषयमा देउवा र दाहाल कसैले पनि केही बोलेका छैनन्। 

विशेष