News

बबरमहलमा रविन्द्र मिश्र र मनिषा कोईरालाः रविन्द्र अघि–अघि, मनिषा पछि–पछि

बबरमहलमा रविन्द्र मिश्र र मनिषा कोईरालाः रविन्द्र अघि–अघि, मनिषा पछि–पछि

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी मनिषा कोईराला रवीन्द्र मिश्रको घरदैलोमा खटिएकी छिन् ।

बलिवुड अभिनेत्री कोइराला काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष मिश्रलाई भोट माग्दै घरदैलोमा सहभागि भएकी हुन।

मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिश्रसँगै घरदैलोमा पुगेर कोईरालाले भोट मागेकी हुन्। घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो । कोइरालाले पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्न थालेकी छिन्। घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा मिश्रले कोइरालाप्रति आभार व्यक्त गरेका छन्। 

‘हामी उम्मेदवारलाई सघाउन र राप्रपाका पक्षमा देशव्यापी जनमत बढाउन यहाँको सकृय भूमिका र योगदानका लागि मनिषा जी प्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार व्यक्त गर्दछु,’ मिश्रले भनेका छन्।

कोईरालाले आइतबार राप्रपाले काठमाडौंको बसन्तपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेकी थिइन् । 
 

विशेष