News

प्रचण्ड र देउवा आज सुर्खेत र दैलेख पुग्ने 

प्रचण्ड र देउवा आज सुर्खेत र दैलेख पुग्ने 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सुर्खेत र दैलेखमा  चुनावी‌ सभालाई सम्बोधन गर्दैछन् ।


उनीहरूे सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालय सदस्य सूर्यकिरण शर्माले जानकारी दिए ।

त्यस्तै, दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

विशेष