News

पशुपति मन्दिरमा शिव पुजाको अवसरमा कुमारी नृत्य

पशुपति मन्दिरमा शिव पुजाको अवसरमा कुमारी नृत्य

काठमाण्डौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सोमवार साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्वामी विवेकान्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए।

पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उदघाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए ।

शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता थियो।


विशेष