News

ओनसरी घर्तीलाई मतदाताको प्रश्नः रोल्पाबाट किन भागेर आउनुभो ?

ओनसरी घर्तीलाई मतदाताको प्रश्नः रोल्पाबाट किन भागेर आउनुभो ?

काठमाण्डौं २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार वनेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई मतदाताले भगौडा उम्मेदवार भन्दै मत नदिने वताएका छन् । रोल्पा छोडेरी उनी काठमाण्डौं किन आएकी भन्दै मतदाताले घर्तीलाई प्रश्न पनि गरेका छन् ।

भोट माग्दै घरदैलोमा पुगकी घर्तिलाई एक जना मतदाताले घर्तीलाई मत नदिने भनेको भिडियो अहिले टिकटकमा समेत चर्चामा छन् । ऋषि खतिवडा नामका टिकटक प्रयोगकर्ताले हालेको उक्त भिडियमा ति मतदाताले घर्तिलाई सभ्य भाषामा आलोचना पनि गरे ।

‘गठबन्धनलाई भोट नहाल्ने ?’ भन्ने प्रश्नको जवाफमा ति मतदाताले दिन्न भन्दै ठाडो जवाफ दिएका छन् । ‘कहिले गठबन्धनलाई हाल भनेर आउने, कहिले रुखलाई हाल भनेर आउने, कहिले कलमलाई हाल भनेर आउने। अव कहाँ चै गएर हाल्ने त हामीले’ ति मतदाताले भनेका छन्।’

रोल्पा छोडेर काठमाण्डौंको यो क्षेत्रमा किन आउनु भयो त वहाँ ? त्यहाँ ठग्नु भएको थियो, झुठ वोल्नु भएको थियो, हिजो कतिपय मान्छेहरुलाई अपाङ्ग पारेर आउनु भएको थियो’ उनले भनेका छन्–‘त्यहाँ गए त मलाई लखेट्छन, त्यस कारणले वहाँ भाग्दै यहाँ आउनु भएको छ। वहाँलाई किन भोट दिने हामीले ? दिनु चै किन भन्नु त ? आफनो ठाउँ थिएन ? आफनो क्षेत्र थिएन ? आफनो गाउँ थिएन वहाँलाई?’
 

विशेष