News

मंसिर ४ र ५ गते सरकारी कार्यालय र संस्थान वन्द, शिक्षण संस्था ४ दिन विदा

मंसिर ४ र ५ गते सरकारी कार्यालय र संस्थान वन्द, शिक्षण संस्था ४ दिन विदा

सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय र संस्थानहरु विदा गर्ने निर्णय गरेको । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि विदा दिईएको हो।

निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने छन्। सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुने गृहमन्त्रालयले जनाएको छ। 

गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ । 
 

विशेष