News राजनीति

ओलीको आलोचना गर्दै ईश्वर पोखरेलले नै भने - एमालेमा सांगठनिक अराजकता बढ्यो, कार्यकर्ताको मूल्यांकन भएन

ओलीको आलोचना गर्दै ईश्वर पोखरेलले नै भने - एमालेमा सांगठनिक अराजकता बढ्यो, कार्यकर्ताको मूल्यांकन भएन

 

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीमा सांगठनिक अराजकता मौलाएको दाबी गरेका छन्। काठमाडौं-५ बाट निर्वाचन लडिरहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि पार्टीको नेकपा एमालेको स्थायी कमिटीमा सांगठनिक प्रतिवेदन पेश गर्दै सांगठनिक अराजकता बढ्दोक्रममा रहेको बताएका हुन्। 

उनले यसलाई रोक्‍न पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि भूमिका खेल्‍न नसकेको जनाएका छन्। उनले भनेका छन्, 'पार्टीको नेतृत्वले यसलाई रोक्‍न र पार्टी संगठनलाई थप सुदृढ बनाउन भूमिका खेल्‍न सकिएको छ। जसको परिणाम आगामी निर्वाचनमा देखिने भएको छ।' 

उनले माले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीमा सांगठनिक अराजकताले संस्थागत रुप लिएको उनको निष्कर्ष छ। ‘माओवादीभित्र व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताका रुपमा संस्थागत भयो र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश गर्‍यो,’ प्रतिवेदनमा उल्लेख छ।

एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टी बनाएका छन्। तर एमालेमा सांगठनिक अराजकता र गुठबन्दी समस्याको अन्त्य हुन सकेको छैन। 

त्यसैगरी उनले पार्टीमा कार्यकर्ताको मुल्यांकन नभएको पनि बताएका छन्।। संस्थागत मुल्याङ्कन नहुँदा कार्यकर्तामा काम गर्ने भन्दा मिडियामा प्रस्तुत हुने विषयले महत्व पाउन थालेको उनले उल्लेख छ।

‘विगत लामो समयदेखि पार्टी कामको समीक्षा र कार्यकर्ताको मुल्यांकन संस्थागत रुपमा हुन छोडेको छ। कमिटीको आकार बढेसंगै कामको रिपोर्टिङ समीक्षाहरु जटिल बन्दै गएको छ। पार्टीको निर्देशन पालना गरे पनि हुने नगरे पनि हुने अवस्था सिर्जना भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेता/कार्यकर्तामा परिभाषित काम गर्ने भन्दा सञ्चारमाध्यममा प्रस्तुत हुने कुराको महत्व बढेको छ।’

फिल्डमा काम गर्ने कार्यकर्ताको तुलनामा नेतृत्वको आसपासमा देखिने कार्यकर्ताको भूमिका महत्वपूर्ण बन्ने गरेको, प्रतिस्पर्धामा सफल हुने नाममा परिभाषित काममा जुटने भन्दा असहमति प्रकट गरेर चर्चित बन्ने होडबाजी सुरु भएको पोखरेलले बताएका छन्। 

पार्टीका कार्यकर्ताको मूल्यांकन नगरेर आसेपासेलाई उम्मेदवारी दिनु ओलीको पछिल्लो उदाहरण हो। जसमा भीम रावल र घनश्याम भूसालहरुलाई ओलीले बाइकट गरेका छन्।

विशेष