News

केपी ओली किन निस्किए पैदल यात्रामा ?

केपी ओली किन निस्किए पैदल यात्रामा ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोटेश्वर क्षेत्रमा पैदल यात्रा गरेका छन् ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा ओली पैदल यात्रामा निश्किएका हुन। नागरिक समाज र स्वतन्त्र अगुवाले आयोजना गरेको पैदल यात्रामा ओली सहभागि भएको जनाईएको छ।

पैदल यात्रा कार्यक्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको सहभागिता रहेको जनाईएको छ। पैदल यात्रामा अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिईन।

ओलीलाई अहिले देशव्यापी रुपमा पार्टीका उम्मेदवार जिताउनु पर्ने चुनौती छ । त्यसैले उनी एकैदिन पाँचवटासम्म सभा भ्याइरहेका छन् र मतदाता आकर्षित गर्ने विभिन्न योजनाहरु वनाईरहेका छन्।
 

विशेष