News

जाँडभट्टीमा मन्त्रीका पिएको आतंक, कांग्रेसकै कार्यकर्ता कुटेर थला पारे

जाँडभट्टीमा मन्त्रीका पिएको आतंक, कांग्रेसकै कार्यकर्ता कुटेर थला पारे

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले जाँडभट्टीमा एक जना कांग्रेस कार्यकर्तालाई कुटेर धुलो पारेका छन् । 

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट गम्भिर घाइते भएका छन्। विष्टले सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा राजेन्द्रलाई वोतल प्रहकार गरेका थिए ।

मदिरा सेवनकै क्रममा विवाद भएपछि रुपेशले राजेन्द्रलाई वोतलले हानेको जनाईएको छ। घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेले भने घटना सामान्य भएको बताएका छन्। 
 

विशेष