News कभर स्टोरी

२ हजार लिएर सुर्य थापाको प्रचारमा भेलु वाजे !

२ हजार लिएर सुर्य थापाको प्रचारमा भेलु वाजे !

नेकपा (एमाले) प्युठानका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापाले निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको खुलेको छ।

सामाजिक सञ्जालमा चर्चित भाइरल भेलु बाजे (मिनबहादुर बुढा) केही दिनअघि थापासँग देखिएका थिए । थापाले आफूलाई २ हजार दिएर एमालेमा भोट हाल्न र बोल्न लगाएको भेलु बाजेले वताएका छन् ।

हालै एक युट्युब च्यानलसँग कुरा गर्दै भेलु बाजेले आफूलाई २ हजार रुपैयाँ दिएको बताए। ‘उनीहरूले जबरजस्ती लिएर गएका हुन् । २ हजार दिएको थियो । सुर्यमा भोट हाल्न भन्थे । मैले चोरेको होइन, लुटेको होइन । कांग्रेसले दिएपनि लत्काइदिने हो’ उनले भनेका छन्–‘तर, भोट चाहीँ माओवादीलाई दिने हो।’

थापाले निर्वाचन आचारसंहिता मिचेको भन्दै पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्य गरेका छन् । ‘सानो भेलुलाई दारू र २ हजार नगद दिएर प्रलोभनमा पारी आफ्नो पक्षमा बक्तब्य निकाल्ने सप्रमाण कुरा सार्वजनिक भइसकेपछि ठूलो भेलुका प्रेस सल्लाहकारलाई अब आचार संहिताको अचार चखाई हुन्छ कि हुदैन? निर्वाचन आयोगलाई हेरम्,’ उपाध्यायले लेखेका छन् । 

थापासँग सत्ता गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल चुनावी प्रतिष्पर्धामा छिन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को साथ छ । 

सूर्य थापा भेलु बाजे

विशेष