News

नेपालको जेलमा कसरी आए १ हजार भन्दा वढि विदेशी नागरिक ?

नेपालको जेलमा कसरी आए १ हजार भन्दा वढि विदेशी नागरिक ?

नेपालमा पछिल्लो समय विदेशी अपराधिक गिरोहको सकृयता वढेको विभिन्न माद्यमबाट चर्चामा आईरहेको छ। खास गरी लागु पदार्थको वढ्दो ओसार पसार यसको प्रमुख कारण देखिएको छ।

नेपालका विभिन्न जिल्लामा रहेको कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहनु र अधिकांश लागु औषध ओसार पसार र विक्रि वितरणमा संलग्न रहेको पाईएको छ। 

कारागार व्यवस्थापन विभागको असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा २० देशका १ हजारभन्दा वढी विदेशी कैदीबन्दी छन् । विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ रहेको विभागको तथ्यांकले देखाएको छ।

अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ । भारतीयपछि नेपालमा रहेका विदेशी कैदैबन्दीमा दोस्रो ठूलो संख्या भुटानीको छ । नेपालको जेलमा हाल ३६ जना भुटानी कैदीबन्दी रहेका छन् । 

विभागका अनुसार नेपालका कारगारमा चिनियाँ ७ जना, पाकिस्तानी ६ जना, बोलिभियन १ जना, क्यानेडियन १ जना, बंगलादेशी ३ जना, दक्षिण अफ्रिकी १ जना, इरानी १ जना, जर्मन २ जना, डेनिस १ जना, तान्जानियाली १ जना, नाइजेरियन २ जना, पपुवा न्युगिनीयाली १ जना, फ्रेन्च १ जना, बेलायती २ जना, रोमानियली ४ जना, सेनेगली १ जना, सिंगापुरीयन १ जना र अष्ट्रियाली १ जना रहेका छन् । 

नेपालका जेलमा स्वदेशी र विदेश गरी कुल कैदीबन्दीको संख्या २७ हजार १९५ छ । जेलमा रहेका कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला छन् । 
 

विशेष